बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मनपरी मूल्य: चारजनाको परिवार, एक छाक तरकारी, दुई सय रुपैयाँ

आइतबार, ०३ मङ्सिर २०७४, ०७ : ४४
आइतबार, ०३ मङ्सिर २०७४

 किसानले मेहनत गरी उत्पादन गर्दै आएको तरकारीको व्यापारमा बिचौलियाले रजाइँ गर्दै आएको पाइएको छ। यसले किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ता पनि महँगो मूल्यमा तरकारीको किन्न बाध्य हुनुपरेको छ।

बजारमा तरकारीको उच्च मूल्य कायम हुनुको मुख्य कारकतत्व बिचौलियाले आफूखुसी कायम गर्ने मूल्य नै रहेको सरोकारवालाको भनाइ छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

-बिचौलियाले राख्ने मूल्यकै कारण थोक बजारदेखि खुद्रा पसलसम्म अधिकांश तरकारीको मूल्य समयसमयमा अकासिने गरेको छ।

-बिचौलिया, कालिमाटीस्थित व्यापारी र खुद्रा व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्ने भएका कारण उपभोक्ताको भान्सा अहिले महँगिएको छ।

-चारजनाको परिवारलाई एक छाक तरकारी खान अहिले झन्डै डेढ सयदेखि दुई सय रुपैयाँ खर्चिनुपर्ने बाध्यता छ।

मारमा किसान
ठूला व्यापारीले किसानबाट एक क्विन्टल तरकारी किन्दा ९० किलोको मात्रै रकम दिएर थप ठगी गर्दै आएको पाँचखालका किसान दिनेश घिमिरेले गुनासो गरे। ‘तरकारी ढुवानी गर्दा बिग्रने र नोक्सानी हुने भन्दै व्यापारीले क्विन्टलको १० प्रतिशतका दरले तरकारीको मूल्य किसानलाई दिँदैनन्, उनले भने। दुईचार किलो तरकारी मात्रै बिग्रिने भए पनि व्यापारीले प्रतिक्विन्टल १० किलोको पैसा नाफाका रूपमा लिने गरेका छन्।

व्यापारीहरूको सिन्डिकेट रहेको र उनीहरूले तोकेको मूल्यमा तरकारी नदिँदा किसानको तरकारी खेतमै सुकेर नष्ट हुने अवस्था रहेको घिमिरेले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप