बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२२ हजार मुद्धा फैसला हुन बाँकी

आइतबार, ०३ मङ्सिर २०७४, ०७ : ४१
आइतबार, ०३ मङ्सिर २०७४

सर्वोच्च अदालतमा अतिरिक्त समयमा ईजलास सञ्चालन शुरु भएको छ । 

मंसिर १ गतेदेखि लागु हुने गरी अतिरिक्त समयमा समेत ईजलास सञ्चालन शुरु गरिएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए । 
मुद्धाको पछ्र्छौट दरलाइ कम गर्न अतिरिक्त समय थप गरिएको बताईएको छ । 

अब न्यायधिसका लागि अदालतको कार्य समय आईतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र शुक्रबार बिहान १० बजे देखि ४ बजेसम्म तोकिएको छ । 

न्यायधीसहरु बिहान साढे ९ बजे अदालत पुगिसक्नुपर्ने तथा उनीहरका लागि साढे १० बजे ईजलास तोकिएको छ । 

अदालतका कार्य समयका अतिरिक्त अन्य समयमा र अदालत बन्द रहने दिनमा समेत प्रधानन्याधीसले ईजलास तोक्न सक्ने सर्वोच्चले जारी गरेको बिज्ञप्तीमा भनिएको छ बिद्यमान मुद्धा पर्छौटको स्थितिलाई मध्यनजर गर्दै छिटोछरितो न्या सुनिश्चितताका लागि अतिरिक्त समयमा ईजलास शुरु गरिएको हो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप