शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको चुनावीसभामा यसरी मागे प्रचण्डले भोट

शनिबार, ०२ मङ्सिर २०७४, २१ : ११
शनिबार, ०२ मङ्सिर २०७४

झापा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपि ओलीको चुनावी क्षेत्रमा आएर भोट माग्दै भने कहि कतै नझुकेर जेलबस्नु भएका डाइनामिक लिडर हुन् उहाँलाई यति धेरै भोट दिएर जिताउनु होस कि त्यसको शक्ति मलाई पनि मिलोस । प्रचण्डले आफुहरुले हिजोका दिनमा एकले अर्कालाई गलत देखेपनि हामी दुबै त्यस्तो नभएको इतिहासले प्रमाणित गरेको छ । 


ओलीको चुनावीसभालाई सम्बोधन गदै प्रचण्डले हामी दुई नमिले देश समृद्धि र स्थायीत्व नहुने हुँदा बुझेर पार्टी एकतासम्म पुगेको झापाका मतदाताहरुलाई प्रष्ट्याए । उनले भने काँग्रेस अब आउट डेटेट भइसक्यो त्यसकारण ७० बर्षको भूमरीबाट देशलाई वामपन्थीहरुलेमात्र निकाल्न सक्छ । त्यसको नेतृत्व हामीहरुले गरेका हौं । उनले ठाउँ ठाउँमा भएका बम विस्फोटलाई इँकित गदै भने ‘मैले सबैलाई चिनेको छु । यहाँ दालमा कुछ काला है । ’ उनले भने ‘२००७ सालदेखि काँग्रेसले सरकार चलायो र यो देशको अवस्था यस्तो बनायो अब ४०–५० बर्ष कम्युनिष्टको शासन हेर्नु होस देशलाई समृद्ध बनाएर कहाँ  पुर्याउँछौं ।’


झापा पुगेका प्रचण्डले आफु भूमिगत हुँदा मदन भण्डारीसंग वार्ताको मिति अन्तिम चरणमा पुगेको बताए । उनले भने ‘२०५० साल जेठ ११ गते भेट्ने कुरा भएको थियो तर त्यो ११ गते आउनु भन्दा पहिला ३ गते नै उहाँको षड्यन्त्र पूर्वक हत्या भयो ।’ त्यहिँबाट बाटो फाट्यो हामी जनयुद्धमा गयांै उहाँहरु शान्तिपूर्ण राजनीतिमा ।
१२ बँदेको पहलकर्ता ओली र आफु भएको पनि बताए । केहि केहिले १२ बुँदेको ड्राप्mट अरुले बनायो भनेपनि आफुहरुले नै बनाएको पनि बताए । 
उनले ‘जोखिम मोल्न नसक्ने नेता नेता नभएको पनि बताए । दिन बिताउने र काल पर्खने नेता होइन । ’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप