शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पालुङ्टारमा रामचन्द्र पौडेलले भने, ‘प्रचण्ड–ओली, ईदी अमिन र सद्धाम जन्माउनेतिर लागेका छन् !’

शनिबार, ०२ मङ्सिर २०७४, १९ : ५३
शनिबार, ०२ मङ्सिर २०७४

पालुङटार – मंसिर–नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल गोरखाको पालुङटार पुग्दा ठाँटीपोखरीस्थित माझटार पार्टी कार्यकर्ता र सर्वसाधारणले खचाखच भएिको थियो । दुई दिनअघि बाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई काउण्टर दिनका लागि आयोजितसभामा नेता पौडेलले पनि ‘काउण्ट स्पिच’ दिएका छन् । 


त्यही ठाउँ हो, जहाँ दुई दिनअघि एमाले अध्यक्ष केपी ओली र प्रचण्डले मंसिर १० र २१ गते आउने बामपन्थी हुरीले कांग्रेसलाई बढार्ने उद्घोष गरेका थिए । तर उनीहरुलाई काउण्टर दिँदै नेता पौडेलले भने, ‘केपी ओली र प्रचण्ड अहिले ईदी अमिन र सद्धाम हुसने जस्ता क्रुर तानाशाह जन्माउने तिर लागेका छन्, यिनीहरुको लक्ष्यदार भाषणबाट नेपाली कांग्रेसका कार्यकर्ताले शीर निहुराउनु पर्दैन् !’ 


‘बामपन्थीले बहुमत ल्याएमा मुलुक फेरि द्वन्दमा जान्छ’ नेता पौडेलले भने, ‘बामपन्थी गठबन्धनले प्रजातन्त्रको विकल्प खोजेको छ, त्यो भनेको खेल्न चाहनेहरुलाई अवसर दिने बचकनापन हो ।’ 


माओवादी अध्यक्ष प्रचण्ड भन्दा पनि ओली प्रति धेरै नै आक्रामक देखिएका नेता पौडेलले केपी ओलीको नामै किटेर भने, ‘एमाले अध्यक्ष ओलीमा सम्राट बन्ने आकांक्षा छ, नत्र बुटवलतिर एमालेको झण्डासँगै राष्ट्रिय झण्डा किन गाँसेको, त्यसरी सुर्यसँग राष्ट्रको झण्डा गाँस्न मिल्छ ? कि एमाले आफैं राज्य हो ?’ 
माओवादी र एमालेका अध्यक्षले आफुलाई ‘बडा’ सोच्ने गरेको आरोप लगाउँदै नेता पौडेले प्रश्न गरे, ‘जनतालाई रोग, भोक र बेरोजगारीबाट कसरी मुक्ति दिने भन्ने चिन्ता छैन ?’ 


‘एउटा पार्टीसँग सत्ता भोग गरेर अर्को पार्टीसँग गठबन्धनको नाममा अर्कोतिर खुट्टा टेक्ने पुगेका छन्’  माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै नेता पौडेलले भने, ‘यो भन्दा अवसरबाद के हुन्छ ?’ एमाले नेता केपी ओलिले राष्ट्रवादको कुरा गरेर मुलुकलाई विखण्डनतिर धकेल्न खोजेको आरोप लगाउँदै पौडेलले भने, ‘प्रचण्ड र ओली सँधै राष्ट्रमा समस्यामात्र जन्माउँछन्, समाधान दिन सक्दैनन्, समाधान दिनका लागि कांग्रेस नै चाहिन्छ !’ 


जनयुद्धका नाममा प्रचण्ड आतंक, जहाँनिया राणा, राजाको शासन र तराई समस्याको समाधान कांग्रेसले नै गरेको दावी गर्दै नेता पौडेलले भने, ‘राष्ट्रवादी भनेको नेपाली कांग्रेस हो, ओली हैन् !’ बामपन्थीलाई तह लगाउन .सवै लोकतन्त्रबादीलाई एकजुट हुन आग्रह गर्दै नेता पौडेलले अब राजनितीक मुद्धा सकिएको बताए । उनले भने, ‘अब संवृद्धिको नेतृत्व कांग्रेसले गर्छ, गाउँमा नै बसुँ–बसुँ लाग्ने नेपाल बनाउँछ !’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप