शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ट्यालेन्ट हन्ट’ मार्फत क्रिकेट खेलाडीको खोजी

शनिबार, ०२ मङ्सिर २०७४, १७ : ५९
शनिबार, ०२ मङ्सिर २०७४

केशवपाठक

पोखरा । पोखरामा ट्यालेन्ट हन्टमार्फत क्रिकेट खेलाडीको खोजी अभियान थालिएको छ । उक्त कार्यक्रममा कास्कीलगायतअन्य जिल्लाबाट करिव १ सयजना खेलाडीको सहभागिता रहेको थियो । शनिवार दिनभरी जसो उनीहरुले पोखरा रंगशालको मैदानमा व्याटिङ्ग, बलिङ्ग र विकेट किपिङ्ग गरेर आफ्नो प्रतिभा देखाएका थिए । 

सहभागि १ सय जनामध्ये ७ जना वन्द प्रशिक्षणका लागि छनौटमा परेको पोखरा राइनोज टिमका व्यवस्थापक सुदिन मानन्धरले जानकारी दिए । उनका अनुसार मेख वहादुर सेन, प्रकाश खनाल, विजयन विष्ट, दिपकगुरुङ्ग, कुशलमल्ल, सुमन गुरुङ्ग र देव शाह रहेका छन् । सोहिल कुवंर र सृष्टी लौडारीलाई विशेष प्रवेश पाएका छन् भने किरणपौडेल र विश्वास पराजुलीलाई अतिरिक्तमा राखिएको छ । ती मध्ये वन्द प्रशिक्षण वाट एक जनालाई टिममा मौका दिइने मानन्धरले बताए । 

नेपालको सवैभन्दा ठूलो मानिएको क्रिकेटको महाकुम्भ खेल एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ पुष ४ देखि १६ गते सम्म काठमाडौँमा सम्पन्न हुँदैछ । सोही प्रतियोगितामा सहभागीताका लागि क्रिकेट खेलाडीको लुकेको प्रतिभावाहिर ल्याउनतथा पोखराको टिमबाट सहभागी गराउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको पोखरा राइनोज टिमका खेलाडी शक्ति गौचनले जानकारी दिए । 

राष्ट्रिय खेलाडी गौचनका अनुसार छनौटमा परेका ७ जनालाई करिव १५ दिनको प्रशिक्षण शिविरमा राखिने छ र त्यस मध्येवाट एक जनालाई टिमबाट खेल्ने मौका प्रदान गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप