शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आयोगले फेरि भन्यो, ‘सुरक्षा व्यवस्थालाई सुदृढ बनाऊ’

शनिबार, ०२ मङ्सिर २०७४, १७ : २२
शनिबार, ०२ मङ्सिर २०७४

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारलाई पुनः निर्देशन दिएको छ । 

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारलाई पुनः निर्देशन दिनु परेको पनि स्पष्ट पार्नु भयो । चुनावी अभियानमा जुटिरहेका उम्मेदवारहरुमाथि आक्रमण प्रयास भईरहेका बेला निर्वाचन आयोगले त्यस्ता घटना हुन नदिन सरकारलाई पुनः सचेत गराएको हो । 

प्रवक्ता ढकालले निर्वाचन विरोधी गतिविधि हुन नदिन, भईहाले तत्काल नियन्त्रण गर्न सरकारलाई पटक पटक सचेत गराउने काम भईरहेको पनि स्मरण गराए । निर्वाचन आयोगले देशका विभिन्न भागमा उम्मेदवारहरुमाथि भईरहेको आक्रमणप्रति गहिरो चिन्ता समेत व्यक्त गर्दै आएको छ । 


निर्वाचन आयोगले निर्वाचन विरोधी गतिविधि हुन नदिन गृह मन्त्रालय र सुरक्षा निकायसँग पनि निरन्तर सहकार्य भईरहेको पनि स्पष्ट पारेको छ । शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन सुरक्षा निकायसँगै सहकार्य गर्ने काममा आयोगका आयुक्तहरुनै परिचालन गरिएको पनि आयोगले जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचनलाई निर्भयताका साथ सम्पन्न गर्ने वातावरण बनाउन क्षेत्रीय स्तरका सुरक्षा निकायहरुसँगको समन्वयको कामलाई पनि तीव्रता दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप