शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ : देउवा

शनिबार, ०२ मङ्सिर २०७४, १६ : ३५
शनिबार, ०२ मङ्सिर २०७४

बाजुरा-नेपाली काँगे्रसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन् । 

नेपाली काँग्रेस बाजुराको चुनावी आमसभालाई आज सम्बोधन गर्दै उनले भने,– “लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ, त्यसैले लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई जिताउनुपर्छ ।” 

सभापति देउवाले काँग्रेस लोकन्त्रको रक्षाको गर्ने पार्टी भएकाले अवको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसलाई जिताउन सबैमा आग्रह गर्दै आफू फेरि प्रधानमन्त्री भएपछि सुदूरपश्चिमको विकासका लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।  

थुप्रै सम्भावना बोकेको बाजुराको विकास र समृद्धिका लागि काँग्रेस बाहेकको विकल्प नभएको उल्लेख गर्दै उनले मार्तडी थामलेख सडक कालोपत्रे गर्ने बताए ।

प्रधानमन्त्री देउवाले प्रत्येक बाजुरावासीलाई उज्यालो बाजुरामा सहभागी गराउने र स्वास्थ्यको पहुँचमा पु¥याउने बताउँदै काँग्रेस नेतृत्वको वर्तमान सरकारले बाजुराको सडक, शिक्षा, स्वास्थ्य र विद्युत्लाई बढी प्रथामकिता दिएको छ भने । 

सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै भएको संज्ञा दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप