शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिंगापुर बनाउँछु भनेर प्रचण्डले नेपालको अस्तित्व नै समाप्त पार्न खोज्दै छन् : मन्त्री विक्रम पाण्डे

शनिबार, ०२ मङ्सिर २०७४, १६ : २९
शनिबार, ०२ मङ्सिर २०७४

काठमाडौँ । वन तथा भू संरक्षण मन्त्री एवम् चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रम पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिंगापुर बनाउँछु भनेर नेपालको अस्तित्व नै समाप्त पार्न खोजिरहेको आरोप लगाएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उपाध्यक्ष समेत रहेका पाण्डेले नेपालको पहिचान नै मेटाउन गरी दाहालले नेपाललाई कहिले सिंगापुर, कहिले स्विजरल्याण्ड बनाउने झूट आश्वासन दिँदै हिँडेको भन्दै आक्रोस समेत व्यक्त गरे । 

दाहाल र पाण्डेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । मन्त्री पाण्डेले दाहालले २ चोटी प्रधानमन्त्री भएर पनि मुलुकमा कुनै उल्लेख्य काम गर्न नसकेको आरोप पनि लगाए । उनले आफूले मुलुकलाई विश्वकै फरक पहिचानसहितको समुन्नत राष्ट्र बनाउन प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको दावी पनि गरे । 
शनिवार चितवनको तेलौली बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै चितवनको मेघौलीलाई देशकै उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री पाण्डेले मैघौलीमा एयरपोर्ट निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप