शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फिर्केमा चट्टै... भन्दै ईकुसँग क्रिष्टिना

शनिबार, ०२ मङ्सिर २०७४, १६ : ११
शनिबार, ०२ मङ्सिर २०७४

काठमाडौ । ईकुको नामले चिनिएका कलाकार सुलेमान शंकरको प्रस्तुती रहेको चलचित्र फिर्केको पहिलो गीत सार्वजनिक भएको छ । चट्टै... बोलको सार्वजनिक गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर, सुबाष भुषालको संगीत  र लेखु सहयात्रीका शब्द छन् ।

गीतमा सुलेमान शंकर ईकु र नव नायिका क्रिष्टिना पौडेलको नृत्य रहेको छ । जसलाई कबिराज गहतराजले कोरियोग्राफी गरेका हुन् । पौष १४ गते रिलीज हुने फिर्केमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्जवल भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र रवि डंगोलले निर्देशन गरेका हुन् । रबि कलाक्षेत्रमा बेमानको नामले परिचित कलाकार हुन् । 

ओमलाल गुरुङ् र राजेश श्रेष्ठ निर्माता रहेको चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ ।

अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको फिर्केमा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । चलचित्रलाई उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप