बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा बम विष्फोट, आमा–छोरा गम्भिर घाइते

शनिबार, ०२ मङ्सिर २०७४, १५ : ४२
शनिबार, ०२ मङ्सिर २०७४

रौतहट । रौतहटको चन्द्रपुर गाउँपालिकाको राधाकृष्ण मन्दिर छेउमा अज्ञात समूहले बम विस्फोट गराएको छ ।

बाम गठबन्धनको वडा नम्बर ५ को भेलालाई लक्षित गरी बम विस्फोट गराइएको बताइएको छ ।

दिउँसो २ बजेर ४० मिनेट जाँदा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

सो विस्फोटमा आमा र छोरा गम्भिर घाइते भएको जनाइएको छ । प्रहरीका अनुसार सात वर्षीय जैविक राई र ३१ वर्षीय सरिता राई घाइते भएका छन् ।

उनीहरुको उपचारको लागि भरतपुर अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा अन्य ६ जना सामान्य घाइते भएका छन् ।

घाइते हुनेमा ४५ वर्षीया लक्ष्मी राई, ५४ वर्षीय राम बहादुर विक, ४८ वर्षीय कान्ता खड्की, ३१ वर्षीय गोपाल विक, ४५ वर्षीय दिलमाया राई र ५० वर्षीय यमुना काफ्ले रहेका छन् ।

सो विष्फोटको हालसम्म कसैले जिम्मेवारी लिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप