बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्चीको पानी प्रशोधन केन्द्रको परीक्षण सफल

शनिबार, ०२ मङ्सिर २०७४, १५ : २०
शनिबार, ०२ मङ्सिर २०७४


काठमाडौँ -मेलम्चीको पानी उपत्यकामा वितरणका लागि निर्माण गरिएको नेपालकै सबैभन्दा ठूलो पानी प्रशोधन केन्द्रको परीक्षण सफल भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । 
सुन्दरीजलमा निर्माण भएको आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्रका छवटै कक्षको परीक्षण सम्पन्न भएको हो । वाग्मतीको पानी लगि प्रशोधन केन्द्र परीक्षण गरिएको थियो । परीक्षणबाट केन्द्र निर्माण सफल भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिनुभयो । 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट २७ किमी लामो सुरुङ मार्ग मार्फत् दैनिक १७ करोड लिटर पानी उपत्यका ल्याइँदैछ । बाँकी आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण पनि तीव्र गतिमा भइरहेको उहाँले जानकारी दिनुभयो । अर्को प्रशोधन केन्द्र निर्माण पनि विसं २०७५ भदौ मसान्तसम्म सक्ने आयोजनाको लक्ष्य छ । 

“सुरुङको सुन्दरीजल–सिन्धु नौ किमी मार्ग खनी सकिएको छ, सिन्धु–ग्याल्थुम र ग्याल्थुम–अम्बाथानको १।९० किमी सुरुङ निर्माण मात्र बाँकी छ, कमजोर चट्टानका कारण केही ढिलो भए पनि ढिलोमा चैत अन्तिमसाता अथवा वैशाख पहिलो हप्तासम्म पानी राजधानी आइपुग्छ”–उहाँले भन्नुभयो । 
मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरेपछि उपत्यकामा वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप विच्छ््याउने काम अन्तिम चरणमा पु¥याएको जनाएको छ । 

थोक वितरण प्रणालीको ७७ किमिमध्ये ६५ किमिको काम सम्पन्न भएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिनुभयो । यसैगरी उपभोक्ताको घर÷घरमा पानी पु¥याइने वितरण सञ्जालको ६७० किमिमध्ये ६२० किमिको काम सम्पन्न भएको छ । 

बाँकी ५० किमीमध्ये पुस मसान्तसम्म पहिलो चरणको वितरण सञ्जाल निर्माण सम्पन्न गरीसक्ने आयोजनाको लक्ष्य छ । दोस्रो चरणमा थप वितरण सञ्जालको पाइप बिच्छ््याउनका लागि काम शुरु गर्ने तयारी भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप