शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोरङ : काँग्रेस र वाम गठबन्धनबीच नै प्रतिष्पर्धा

शनिबार, ०२ मङ्सिर २०७४, १५ : १०
शनिबार, ०२ मङ्सिर २०७४

मोरङ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रको उम्मेदवार एवं बिना विभागीयमन्त्री शिवकुमार मण्डलबीच मोरङ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

काँग्रेस उम्मेदवार अर्यालले आफूले करोडौँको विकासे योजना ल्याएको दाबी गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “मधेशका मुद्दा काँग्रेसले जितेमात्र सम्बोधन हुन्छ, काँग्रेसले जिते मुलुकमा विकास हुन्छ ।” उहाँले आफू सांसद भएको समयमा पुल, सडक निर्माण, विद्यालय भवन निर्माण, बाढीपीडितलाई सहयोगलगायत काम गरेको बताउनुभयो । 

वाम गठबन्धनका उम्मेदवार तथा बिना विभागीयमन्त्री मण्डलले किसानका लागि माछापालन गर्ने योजना ल्याएको बताउनुभयो । प्रधानमन्त्री कृषि अधुनिकीकरण योजनाबाट कृषकको जीवनस्तर उकास्न पहल गरेको उहाँको दाबी छ । उहाँ भन्नुहुन्छ, “वाम गठबन्धन अहिलेको आवश्यकता हो, गठबन्धनले चुनाव जिते देशको मुहार चाँडै फेरिन्छ ।” 

मोरङ क्षेत्र नं ५ मा काँग्रेसका अर्याल, वाम गठबन्धनका मण्डलसँगै संघीय समाजवादी फोरमका राजकुमार यादव उम्मेदवार हुनुहुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप