बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस जिते जनकपुर देशकै शक्तिशाली क्षेत्र बन्छ : नेता निधि

शनिबार, ०२ मङ्सिर २०७४, १४ : ४३
शनिबार, ०२ मङ्सिर २०७४

जनकपुर । नेपाली काङ्ग्रेसका शीर्ष नेता विमलेन्द्र निधिले आफ्नो पार्टीको नेतृत्वमा सरकार बने जनकपुर क्षेत्र प्रदेश नम्बर–२ कै शक्तिशाली क्षेत्र बन्ने दाबी गरेका छन् । 

राजनीतिक स्थिरता र लोकतन्त्रका लागि नेपाली काङ्ग्रेस नेतृत्वको सरकार चाहिने उल्लेख गर्दै विकासको नेतृत्व गर्ने काङ्ग्रेसलाई विजयी गराउन आह्वान गरेका हुन् ।

धनुषाको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने धनौजी गाउँपलिकामा आज आयोजित नेपाली काङ्ग्रेस पार्टी प्रवेश कार्यक्रममा राजपा नेपाल सहित विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 

राजपा परित्याग गरि नेपाली काँग्रेस प्रवेश गर्नेहरुमा कृष्णानन्द झा, रमेश मिश्र, बलराम साह, इन्दे्रश मिश्र, रामभगत पण्डित, रमण मिश्र लगायतका रहेका छन् । 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै  नेता निधिले जनकपुर क्षेत्रको धार्मिक, सांस्कृतिक, शैक्षिक र व्यापारिक विकासको कार्ययोजनाबारे बताए । 

उनले विकासले समृद्धि आउने र जीवनस्तर फेरिनुमा सम्पन्नता ठूलो कारक हुने बताउँदै जम्मै कामका लागि राजनीतिक स्थिरता आवश्यक भएको औँल्याए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप