मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरी क्षेत्र नंं ४ : बहालवाला र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

शनिबार, ०२ मङ्सिर २०७४, १४ : ०२
शनिबार, ०२ मङ्सिर २०७४

राजविराज -आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मततादालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलका उम्मेदवारले अहिले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । 

सोही अभियानअन्तर्गत सप्तरी क्षेत्र नं ४ मा अनुभवी उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभादेखि प्रदेशसभा सदस्यका उम्मेदवार मतदाताको घरघरमा गएर घरदैलो अभियानमा जुटेका छन् । 

क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि १४ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका वर्तमान युवा तथा खेलकुद राज्यमन्त्री तेजुलला चौधरी, एकजना पूर्वमन्त्रीसहित तीन उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

मधेशी गठबन्धनका तर्फबाट राजपाका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री मृगेन्द्रकुमारसिंह यादव र वाम गठबन्धनका तर्फबाट मोहम्द इस्लामबीच प्रतिस्पर्धा हुने देखिएको छ । यादव यसअघि दोस्रो संविधानसभा निर्वाचनमा आफ्नै भाइ अनिरुद्धकुमार सिंह यादवसँग झिनो मतले पराजित हुनुभएको थियो । त्यतिबेला उहाँ क्षेत्र नं ६ बाट लोकतान्त्रिक फोरमबाट उम्मेदवार हुनुहुन्थ्यो । सोही क्षेत्रबाट दलित जनजाति पार्टीका उम्मेदवार मो इस्लाम समेत पराजित हुनुभएको थियो । 

दोस्रो संविधानसभा निर्वाचनमा मृगेन्द्र यादवसँग प्रतिष्पर्धा गर्नुभएका मो इस्लाम यस पटक वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार बन्नुभएको छ । 

यस्तै, क्षेत्र नं ४ प्रदेशसभा ९क० मा मधेशी गठबन्धनका तर्फबाट फोरम नेपालका जिल्ला सहसंयोजक विनोद चौधरी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने काँग्रेसका तर्फबाट सीताराम साह चुनावी मैदानमा हुनुहुन्छ । वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले उम्मेदवारी दिनुभएको छ । यसअघि न्यौपाने दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेसका तेजुलाल चौधरीसँग झिनो मतले पराजित हुनुभएको थियो । 

प्रदेशसभा ९ख० मा मधेशी गठबन्धनका तर्फबाट फोरम नेपालका अभिषेक यादव पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको छ । उहाँ फोरम नेपालका उपाध्यक्ष रेणु यादवका छोरा हुनुहुन्छ । काँग्रेसका तर्फबाट पूर्व उपराष्ट्रपति परमानन्द झाका भतिजा विवेकानन्द झा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । वाम गठबन्धनबाट माओवादी केन्द्रका शशीप्रसाद यादवलाई चुनावी मैदानमा उभ्याइएको छ । उहाँ यसअघि राजपा नेपालमा हुनुहुन्थ्यो । उक्त क्षेत्रमा वाम गठबन्धन, मधेश गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप