भाइरल : बहुवलीकी ‘क्रेजी’ फ्यानले बनाइन् शरीरमै प्रभासको तस्विर
हैदरावाद । चलचित्र ‘बाहुबली’ हिट भएपछि प्रभासको फ्यान बढ्दो क्रममा छ ।
हालैमात्र ३७ औँ जन्मदिन मनाएका प्रभास अहिले भारतको ‘मोस्ट इलिजेबल ब्याचलर’ बनेका छन् । त्यही भएर उनको फ्यानहरुमा धेरै युवती छन् ।
महिला फ्यानहरु उनको ध्यान आफूतिर आकर्षित गर्न विभिन्न हतकण्डाहरु अपनाउन गरेका छन् । केही दिनअघि मात्र एक युवतीले आफ्नो शरीरमा प्रभासले बाहुवली चलचित्रमा निभाएको भूमिका ‘महेन्द्र बाहुवली’ को तस्विर बनाएकी छिन् । सो तस्विर यति बेला समाजिक सञ्जालमा भाइरल बनेको छ ।
ती युवतीको नाम भने खुलाइएको छैन । हैदरावादकी भनिएकी ती युवतीले प्रभासको जन्मदिनमा सो पेन्टिङ बनाएकी थिइन् ।
यी युवती उनको पहिलो क्रेजी फ्यान भने होइनन् । एक पटक प्रभासले ६ हजारभन्दा बढी विवाहको प्रस्ताव पाएका थिए ।
यसअघि पनि एक युवतीले आफ्नो शरीरमा प्रभासको नाम लेखेकी थिइन् ।
त्यस्तै अहमदावाद प्रहरीको क्राइम ब्रान्च समेतले केक काटेर उनको जन्म दिन मनाएको थियो ।
यता, प्रभासका एक फ्यानले उनले चलचित्रमा हात्तीको टाउकोमा उभिएको दृश्य नक्कल गर्दा घाइते हुन पुगेका थिए ।
प्रभास यति बेला आफ्नो नयाँ चलचित्र साहोको शुटिङमा व्यस्त रहेका छन् । चलचित्रमा उनीसँगै वलिउडकी नायिका श्रद्धा कपुर रहेी छिन् । त्यस्तै चलचित्रमा नील नितिन मुकेश, ज्याकी श्रौफ, चङ्की पाण्डे र नरेन्द्र झाको पनि भूमिका रहेको छ । चलचित्रलाई सुजितले निर्देशन गरिरहेका छन् । यो चलचत्रि सन् २०१८ मा तेलुगु, तामिल र हिन्दी भाषामा रिलिज गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कोशी प्रदेशसभाको विशेष अधिवेशन
-
तराई मधेसमा बदनाम बन्दै वरमाला
-
फिल्मको हिरो बन्दै भाइरल गायक अशोक दर्जी
-
राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त
-
वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : लुम्बिनीले सजिलै हरायो कर्णालीलाई
-
नयाँ सरकार निर्माणमा प्रदेश प्रमुखले संविधान विपरीत काम गरेको कांग्रेसको निष्कर्ष