शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनले यसरी तात्दैछ रामेछाप

शनिबार, ०२ मङ्सिर २०७४, १३ : २५
शनिबार, ०२ मङ्सिर २०७४

युवराज पाण्डे 
मन्थली -नजिकका हिमशृंखलाले यहाँका कतिपय ठाउँमा चिसो बढाएको भएपनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहलले पूरै रामेछाप जिल्लाको माहोललाई तताइदिएको भान हुन्छ । 
जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा नुम्बुर हिमाल शृङ्खलाका कारण चिसो बढेर जनजीवन कष्टकर बनेको छ । तथापि आगामी मङसीर १० गते हुन लागेको निर्वाचनमा खस्ने मतको जोडघटाउ गर्दै राजनीतिक दल र तिनका कार्यकर्ता मन्थलीको चोकचोकमा चिया गफमा व्यस्त देखिन्छन । धेरैजना भने प्रचारका लागि गाउँ गाउँ गएका छन् । 
गाउँ गाउँमा राजनीतिक दल र तिनका उम्मेदवार खेतवारीमै पुगेर भोट मागिरहेका छन् । यहाँ वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुबैले आ–आफनो चुनावी रणनीति बनाएर मतदाता आकर्षित गर्न खोजिरहेका छन् । राजनीतिक दलका चुनावी सभा, घरदैलो, कोणसभा र प्रचार ¥याली दुर्गम गाउँघरमै बढी केन्द्रित रहेको देखिएको छ । 
रामेछापको दुर्गम क्षेत्र मानिने गौश्वारा, गुम्देल, कुभुकास्थली, प्रिति, भुजि र दुरागाउँलगायतका दर्जनौं ठाउँमा पार्टीका झण्डा र उम्मेदवारको आउजाउले चुनावी तापमान बढाएको देखिन्छ । 
गाउँ र टोल पुगेका वाम गठबन्धनका उम्मेदवारहरु भनिरहेका छन् – ‘‘मेरुदण्डको रुपमा रहेको गाउँ जोड्ने सडकलाई कालोपत्र गरिनेछ र अँध्यारो जिल्लालाई उज्यालो बनाइने छ ।” 
उनीहरुले विभिन्न राष्ट्रिय गौरबका आयोजना पूरा गरेर आर्थिक वृद्धि हासिल गर्न सकिने र त्यसबाट जनताको जीवनस्तर उठ्ने तर्क अघि सार्दै जिल्लाको सुख्खाग्रस्त दक्षिणी भेगलाई हरियाली बनाउने अठोट व्यक्त गरिरहेका छन् । 
खाणाँदेवी गाउँपालिका–१ धारापानीका बासिन्दा भीम बहादुर श्रेष्ठले खानेपानीको चर्को समस्या भोग्नुपरेको दुखेसो सुनाउनुभयो । उहाँले लामो समयसम्म टुकी बालेर बसेको स्मरण गदै विद्युतीकरण भए आफूहरुलाई स्वर्गानूभुति हुने बताउनुभयो । राजनीतिक दलले वर्षौदेखि विकासका कुनै काम गर्न नसकेकामा उहाँलाई खिन्न लाग्छ । 
छ वटा गाउँपालिका र दुई नगरपालिका रहेको रामेछापमा कूल १ लाख ५२ हजार ५५९ मतदाता रहेका छन् । यी मतदातामा १७ हजार ९३९ नयाँ मतदाता थपिएका हुन् । यसअघि १ लाख ३४ हजार ६२० मतदाता रहेका थिए । 
प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा ९माओवादी० का श्यामकुमार श्रेष्ठले भौगोलिक विकटताकाबीच पनि मतदाताको घरघर पुगेर जनताको समस्या बुझ्ने काम गरेको उल्लेख गर्दै जिल्लामा खानेपानी, विद्युतीकरण, सडक कालोपत्र गर्ने काम विकासका प्रमुख चुनावी एजेण्डा भएको बताउनुभयो । यस जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एउटै मात्र निर्वाचन क्षेत्र बनाइएको छ । 
लामाबगरबाट चीनसँग अन्तरदेशीय मार्गमार्फत ‘कनेक्टिभिटी’ गर्न सकिने र यहाँ जलस्रोतको अपार सम्भावना भएकाले त्यसको अध्ययन गरेर जनताको जीवनस्तरलाई माथि उठाउन सकिने उहाँ बताउनुहुन्छ । 
प्रदेश ९क० का नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले कृषकहरु खेत खेतमा व्यस्त रहेकाले खेतमा पुगेरै भोट मागिएको जानकारी दिँदै कृषिको क्षेत्रमा ‘सुपरजोन र पकेट क्षेत्र’को अवधारणालाई मूर्त रुप दिएर कृषिलाई उद्योगसँग जोड्न आफ्नो योजना रहेको बताउनुभयो । 
उहाँले खिम्ती खोला, लिखु नदी र तामाकोशी–सुनकोशी नदीमा बन्ने ५०० मेगावाटको हाइड्रोपावर, ठोसे जलाशययुक्त आयोजना, सुनाकोशी–३ जलविद्युत् आयोजना, लिखु–१ जलविद्युत् आयोजनाको अध्ययन गरेर तीन वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य भएको पनि सुनाउनुभयो । 
उम्मेदवार पौडेल भन्नुभयो – “दक्षिण भेगमा खानेपानीका मुहान सुकेका छन् । त्यसैले लिखु र तामाकोशीबाट लिफ्टको माध्यमबाट खानेपानीको समस्या समाधान गर्छौं ।” 
लोकतान्त्रिक गठबन्धनकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेपाली काँग्र्रेसका पूर्ण बहादुर तामाङ ९कान्छाराम० ले आफूसँग विकास कार्यको अनुभव भएको दाबी गर्दै पाँच वर्षको अवधिमा स्काभेटर चलाएर गाउँ गाउँमा बाटो पु¥याउन सकिन्छ भन्नुभयो । 
जिल्लाका दुर्गम क्षेत्रको विकास गर्ने योजना आफूसँग भएको र काम गर्ने अवसर दिइए अबका केही वर्षपछि जिल्लामा खानेपानी, बिजुली र सडकको समस्या नहुने उहाँको भनाइ छ । 
प्रदेश ९क० मा ७३ हजार १७६ र प्रदेश ९ख० मा ७९ हजार ३८९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, रामेछापले जनाएको छ । जिल्लामा ९० मतदान स्थल र १९१ मतदान केन्द्र छन् । रामेछापका निर्वाचन अधिकारी कपिल उपाध्यायले गत कात्तिक २५ गतेदेखि १९१ जना स्वयंसेवक मतदाता शिक्षाका लागि परिचालित भएको जानकारी दिँदै निर्वाचन सामग्री दुई चरणमा पु¥याउने तयारी भइरहेको बताउनुभयो । 
उहाँका अनुसार पहिलो चरणमा ३ गते र दोस्रो चरणमा ५ गते मतपेटिका, मतपत्र, स्वस्तिक छाप, परिचयपत्र लगायत ६७ किसिमका निर्वाचन सामग्री गाउँगाउँ पु¥याइने छ । यस निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरीसहित २ हजार २५० सुरक्षाकर्मी परिचालन भएका छन् । परिचालित कर्मचारीको संख्या १ हजार ५२८ छ । 
रामेछापमा मन्थली नगरपालिकाको १ देखि १६ वडा, पुराना गाउँ, चनखु, गेलुकेको १ देखि ९ वडा, रामेछाप नगरपालिकाको १ देखि ९ वडा, गोठगाउँ, देउराली, साँगुटार, हिमगंगा, रामपुर साविकका गाविस वा नगरपालिका मिलाएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र बनाइएको छ । 
त्यस्तै, गाउँपालिका, गुम्देल, बाम्ती, कुभुकास्थली, प्रिति, गुप्तेश्वर, भूजि साविकका गाविस मिलाएर उमाकुण्ड गाउँपालिका बनाइएको छ । 
राकाथुम, भलुवाजोर, भिरपानी, पकरबास, माकादूम, खाँडादेवी, गागलभदौरे र पिङ्खुरी साविकका गाविस मिलाएर खाँडादेवी गाउँपालिका भएको छ । 
चुचुरे, ठोसे, रस्नालु, वेताली, नामाडी, फर्पु साविकका गाविस मिसाएर गोकुलगंगा गाउँपालिका, डडुवा, दोरम्बा, टोकरपुर, गौश्वारा, लखनपुर मिसाएर दोरम्बा गाउँपालिका, दुरागाउँ सैपु, बिजुलीकोट, नागदह, खिम्ती, तिल्पुङ्ग मिसाएर लिखु गाउँपालिका, गुन्सी १ देखि ७ वडासम्मको क्षेत्र, दिमीपोखरी, बेथान, हिलेदेवी, खनीयापानी जोडेर सुनापति गाउँपालिका बनाइएको छ । 
त्यस्तै, रामेछाप, रामपुर, हिमगंगा, साँघुटार, देउराली गोठगाउँ मिसिएर रामेछाप नगरपालिका बनेको छ भने साविकका मन्थली, कठजोर, भलुवाजोर, सालु, सुनारपानी, चिसापानी, गेलु, पुरानागाउँ, चनखु र फुलासी गाविस मिसिएर मन्थली नगरपालिका बनेको छ । 
विसं २०४८, २०५१ र २०५६ मा नेकपा ९एमाले० र नेपाली काँग्रेसले एक÷ एक स्थानमा जीत हासिल गरेको थियो । विसं २०६४ को संविधानसभाको निर्वाचनमा दुई सिटमै तत्कालीन नेकपा माओवादीले जीत हासिल गरेको यस जिल्लामा विसं २०७० मा एकमा माओवादी र अर्कोमा नेपाली काँग्रेस जितेका थिए । स्थानीय तहको निर्वाचनमा ८ स्थानीय तहमध्ये एमालेले ५ र नेकपा ९माओवादी केन्द्र०ले दुईमा र नेपाली काँग्रेसले एकमा विजयी भएको थियो । 
सरकारी तथ्याँक अनुसार रामेछापमा २६ प्रतिशत क्षेत्री, २० प्रतिशत तामाङ, १४ प्रतिशत नेवार, ८ प्रतिशत मगर, ५ प्रतिशत ब्राह्मण, १ प्रतिशत सुनुवार, १ प्रतिशत शेर्पा रहेका छन् । यस बाहेक माझी, हायु, थामी जस्ता सिमान्तकृत समुदायको पनि यस जिल्लामा बसोवास रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप