शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगको कामप्रति ओलीको गुनासो

शनिबार, ०२ मङ्सिर २०७४, १३ : १३
शनिबार, ०२ मङ्सिर २०७४

विराटनगर -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई बिथोल्न वाम गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण भइरहेको बताएका छन् ।  

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनलेउम्मेदवारलाई सुरक्षित एवं निर्वाध रुपमा निर्वाचनको कार्यक्रममा सहभागी हुन सरकारले सुरक्षाको व्यवस्था मिलाउनुपर्ने बताए ।

उनले मुलुकको विभिन्न स्थानमा वाम गठबन्धनका उम्मेदवार माथि सांघातिक आक्रमण हुँदा वर्तमान सरकार मौन बसेको आरोप लगाउँदै वर्तमान सरकार नै निर्वाचनको मिति पर सार्न लागिपरेको उल्लेख गरे । 
एक प्रश्नको जवाफमा उनले सरकारले खुल्ला रुपमा राज्यकोष दुरुपयोग गरी निर्वाचनलाई प्रभावित गर्ने कार्य भइरहेकोे बताउँदै निर्वाचनपछि बन्ने सरकारले यसबारे छानबीन गर्ने र दोषीमाथि कारबाही हुने बताए । 

एमाले अध्यक्ष ओलीले सरकारबाट निर्वाध रुपमा निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोगले प्रभावकारी ढंगले अनुगमन कार्य नगरेको विचार व्यक्त गरे । 

उनले आगामी निर्वाचन पश्चात बन्ने वाम गठबन्धनको सरकारले भ्रष्टाचार नियन्त्रण गरी विकासको प्रतिफल जनतासम्म पु¥याउने दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप