मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालयलाई सहयोग

शनिबार, ०२ मङ्सिर २०७४, १२ : ५७
शनिबार, ०२ मङ्सिर २०७४

बाबियाचौर -म्याग्दी धौलागिरि गाउँपालिका–७ स्थित ताकम माविलाई एक प्रवासीले ल्यापटप प्रदान गरेको छ । 

साविक ताकम गाविस–३ घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका ऋषिनाथ सुवेदीले शुक्रबार नगद रु एक लाख ५० हजार मूल्य बराबरको एक थान ल्यापटप सहयोग स्वरुप प्रदान गर्नुभएको हो । 

दिवंगत बुबा हरिलाल र आमा तुलसी सुवेदीको स्मृतिमा विद्यालयको शैक्षिक विकासका लागि सो सहयोग उपलब्ध गराएको सुवेदीले बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले विद्यालयको शैक्षिक उत्थानमा यसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप