भैंसी अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गर्दै सम्मेलन सम्पन्न
रत्ननगर -‘भंैसी अनुसन्धानको सर्वोच्च केन्द्र’ स्थापना गर्ने निष्कर्षसहित चार बुँदे घोषणापत्र जारी गर्दै भैंसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ ।
कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनले राष्ट्रियस्तरमा भैंसी अनुसन्धानको सर्वोच्च केन्द्र बनाइ त्यस अन्तर्गत शाखाको रुपमा विभिन्न क्षेत्रमा ‘सेटेलाइट केन्द्र‘ बनाउने निष्कर्ष निकालेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातकोत्तर कार्यक्रमका डिन डा भूमिनन्द देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मेलनले गुणस्तरीय दूध उत्पादनका लागि थुनिलो रोग नियन्त्रण गर्न ‘एसियन मस्टाइटिस काउन्सिल’ स्थापना गर्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा भैंसी अनुसन्धानमा संलग्न संस्था तथा विश्वविद्यालयबीच साझेदारी र सहकार्यको विकास गर्ने निष्कर्ष निकालेको छ ।
यस्तै अन्तर्राष्ट्रिय भँैसी विज्ञ सम्मेलनको आयोजक राष्ट्रको हैैसियतले निकट भविष्यमा नै ‘एसियन बफेलो काँग्रेस’ आयोजना गर्नका लागि प्रस्ताव पेश गर्ने निष्कर्ष निकालिएको विश्वविद्यालयका उपप्राध्यापक निराजन भट्टराईले जानकारी दिनुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजना तथा नेपाल सरकारको पशुसेवा विभाग, नार्क तथा मिचिगन स्टेट अफ युनिभर्सिटी अमेरिकाको सहआयोजनामा उक्त सम्मेलन भएको हो ।
सम्मेलनमा भँैंसी उत्पादन, व्यवस्थापन, स्वास्थ्य, आनुशंशिक विकास, जैविक प्रविधि तथा नीतिगत विषयमा पाँचवटा विशेष, १४ वटा आमन्त्रित, २७ वटा मौखिक, ३३ वटा पोष्टर गरी ७९ वटा प्राविधिक कार्यपत्र प्रस्तुत भएको थियो ।
सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेरिका, क्यानडा, इटालीका गरी करिब २०० विज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ता र विद्यार्थीको सहभागिता थियो ।
भँैसीको अनुवांशिक गुण वृद्धिगरी उत्पादन बढाउने र पोषण, स्वास्थ्य तथा भंैसीको व्यवस्थापनका विषयमा सम्मेलन फलदायी भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकूलपति डा आइपी ढकालले जानकारी दिनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी