बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा दशहजार ७०० मतदाताले पहिलो पटक भोट हाल्दै

शनिबार, ०२ मङ्सिर २०७४, ११ : ३२
शनिबार, ०२ मङ्सिर २०७४

ओखलढुंगा -चिसंखुगडी गाउँपालिका– ३ का रविना रोक्काले जीवनमा पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने अवसर प्राप्त गर्नुभएको छ । 

पहिलो चरणमा हुने लागेको यही मंसिर १० गते हुने निर्वाचनमा भोट हाल्न फोटोसहितको मतदाता नामावलीमा नयाँ नाम थपिएकी रोक्काले भन्नुभयो, “पहिलो पटक भोट हाल्न लागेको छु, भोट कसरी हाल्ने भनेर नमूना मतपत्र पनि हेरेको छु ।” रविनालाई अरुले लाइन बसेर भोट हालेको देख्दा आफूलाई पनि भोट हाल्ने निकै रहर थियो । यो निर्वाचनमा रविनाको रहर पूरा हुनेभयो । 

रविनाजस्तै मोलुङ गाउँपालिकाका १९ वर्षीय सञ्जीव खत्रीले पनि पहिलो पटक मतदान गर्न पाउनुहुने भएको छ । “भोट हाल्न पाउने भइयो, मेरो फोटोसहितको नामावली छ, कसरी भोट हाल्ने बारेमा सिक्न बाँकी छ”–उत्साहित भएर हँसिलो मुहारमा खत्रीले सुनाउनुभयो । 

नयाँ पुस्ता र केही फोटोसहितको नामावलीमा नाम छुटेका व्यक्ति जसले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाएका थिएनन् । 
जिल्ला निर्वाचन अधिकारी अर्जुनकुमार राईकाअनुसार जिल्ला निर्वाचन कार्यालयले जिल्ला कार्यालयबाट स्थानीय तहको केन्द्रमा पुगेर मतदाता नामावली तथा अधावधिक गरेपछि अहिले १० हजार ७०० मतदाता नयाँ थपिएका छन् । 

स्थानीय तह निवार्चनमा ९१ हजार ५०८ मतदाताले मतदान गरेका थिए । अहिले १० हजार ७०० मतदाता थपिएपछि एक लाख दुईहजार २६३ जना मतदाताले मतदान गर्न पाउने भएका हुन । 

पहिलोचरणको निर्वाचनअन्र्तगत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली संकलन तथा अधावधिक गरिएपछि मतदाताको संख्यामा वृद्धि भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप