शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उर्लाबारीमा सडक कालोपत्र

शनिबार, ०२ मङ्सिर २०७४, ११ : ३०
शनिबार, ०२ मङ्सिर २०७४

उर्लाबारी - मोरङको उर्लाबारी–७ स्थित बरगाछी–स्कुलडाँडा सडकखण्डमा कालोपत्र गरिएको छ । उर्लाबारी नगरपालिका र स्थानीय उपभोक्ताको लगानीमा सो सडक कालोपत्र गरिएको हो । 

पहिलो चरणमा बरगाछीदेखि दर्शनचोकसम्म ५०० मिटर सडक कालोपत्र भएको हो । आव २०७३÷७४ मा उर्लाबारी नगरपालिकाले उपलब्ध गराएको रु ६९ लाख १६ हजार र स्थानीय उपभोक्ताको रु ४६ लाख १० हजार ६६६ गरी कूल रु एक करोड १५ लाख २६ हजार ६०० को लागतमा ड्रेनसहित सडक कालोपत्र गरिएको हो । गत असारमा आएको बाढीले सडकमा क्षति पु¥याएपछि सडक कालोपत्र सम्पन्न हुने गरी रकम विनियोजन गरिएको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले जानकारी दिनुभयो । 

यो सडक उर्लाबारीको सबैभन्दा फराकिलो सहायक सडक रहेको छ । यो सडक ६० फिट चौडाइ रहेको अनुगमन समितिका संयोजक भरत भट्टराईले बताउनुभयो । बरगाछी बस बिसौनीलाई समेत लक्षित गरेर निर्माण भइरहेको यो सडक बरगाछीमा १६० फिट चौडाइ कायम गरिएको छ । 

दोस्रो चरणमा दर्शन चोकदेखि स्कुलडाँडा सडकखण्डसम्म कालोपत्र गरिने जनाएको छ । उक्त सडक निर्माणका लागि रु दुई करोड लाग्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप