शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज पनि चुनाव विरोधी गतिविधि : ओखलढुंगामा बम विस्फोट

शनिबार, ०२ मङ्सिर २०७४, ११ : ०७
शनिबार, ०२ मङ्सिर २०७४

ओखलढुंगा- वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ । 

सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिए ।  विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए । 

वाम गठबन्धनको चुनावीसभामा नेकपा ९एमाले०का नेता माधवकुमार नेपाल र नेकपा ९माओवादी केन्द्र०का महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली काँग्रेसको चुनावीसभामा भने काँग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप