बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गलतप्रचार नगर्न काँग्रेस नेता महतलाई बामगठबन्धनको  चेतावनी

शनिबार, ०२ मङ्सिर २०७४, ११ : ०१
शनिबार, ०२ मङ्सिर २०७४



नुवाकोट– नुवाकोटमा काँग्रेसको चुनावी प्रचार अभियानमा हिडेको गाडी एम्बुसमा परेपछि काँग्रेस नेता डा.रामशरण महतले प्रतिस्पर्धी बामगठबन्धनका उम्मेदवार हितबहादुर तामाङमाथि शंका गरे । यही आयशका अभिव्यक्ति पनि दिए ।
नेता महतको भनाईप्रति बामगठबन्धनका उम्मेदवारले आपत्ति जनाएका छन् । बामगठबन्धनका उम्मेदवारले यस्ता प्रचार र गतिविधि नगर्न चेतावन दिएका छन् । 
‘नुवाकोट जिल्लाको १ नम्वर निर्वाच्न क्षेत्रमा वामगठवन्धनको पक्षमा उर्लेको जनलहर र विजयको सुनिश्चिततावाट अत्तालिएर ककनीमा भएको घटनालाई हामी सँग जोडि विपक्षी नेपाली काग्रेसका उम्मेदवारले गरिरहेको प्रचारप्रति आपत्ति ब्यक्त गर्दछौं । ककनी घटनालगत्तै नेकाका उम्मेदवारको नेतृत्वमा हाम्रा विरुद्ध उत्तेजनात्मक नारावाजी गर्ने, हाम्रो कार्यालयतथा कार्यक्र्तामाथी आक्रमण गर्ने, रोकी राखेको सवारीसाधन तोडफोड गर्ने जस्ता ध्वंसांत्मक हर्कत तत्काल वन्द गरि शान्तिपूर्ण प्रतिस्पर्धामा आएर निर्वाचनवाट आउने परिणाम स्वीकार्न तयार हुन नेकका उम्मेदवारहरुलाई आग्रह गर्दछौं ।’ विज्ञप्तीमा छ, ‘यसप्रकारका उत्तेजनात्मक गतिविधि जारी राखेमा त्यसको  प्रतिवाद गर्न वाध्य हुने कुराको जानकारी गराउँदछौं । अन्यथा यसवाट उत्पन्न हुने परिणामको जिम्मेवार नेका कै उम्मेदवार हुने कुराको चेतावनी दिन चाहान्छौं ।’

यस्ता छ, विज्ञप्तीको पूणपाठ 

संयुक्त प्रेस विज्ञेप्ती

संविधानसभावाट निर्माण भएको संविधानको पूर्ण कार्यान्वयन गरि देशलाई सस्थरता, विकास र सम्वृद्धिको वाटोमा लैजान यही २०७४ मंसिर १० र २१ ग्ते प्रतिनिधीसभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न हुदैछ । निर्वाच्नको लागि उम्मेदवारी दर्ता भई उत्साहजनक ढंगवाट प्रचार प्रसारको काम अघि वढिरहेको छ भने निर्वाचनको वातावरण विथोल्न चाहने प्रतिगामी प्रतिक्रियावदाी एवं अतिवादी तत्वहरु प्नि सल्वलाउन थालेका छन् । हालै देशका कतिपय स्थानमा विशेषगरि बामगठवन्धनका नेता तथा उम्मेदवारहरुलाई लक्षित गरि भईरहेका हिंसात्मक एवं अपराधिक घटनाहरु निर्वाच्नको वातावरण विथोली संविधान कार्यान्वयन हुन नदिने र देशलाई अन्धकार तिर धकेल्न खोज्ने कुन्सित मनसायद्दारा अभिप्रित छ । 
इसै सन्र्दभमा हिजो २०७४ मंसिर १ गते नुवाकोट जिल्ला ककनी गाउपािलका वडा नम्वर ५ मजुँवामा नेपाली काग्रेसका उम्मेदवार सवार जिपमा भएको आक्रमणको घटनापनि देशमा वामपन्थी गठवन्धनको पक्षमा उर्लदो जनलहर र निर्वाचनको माहोललाई विथोली अस्तब्यस्तता र अराजकता सिर्जन ागर्न चाहने तत्वहरुको संग्लन्नतामा घटाईएको हो भन्ने हाम्रो ठहर छ । 
जे जसले घटाईएको भएपनि त्यसप्रकारको साघातिक आक्रमणको घटना निन्दनिय र भत्र्सनायोग्य छ । हामी वाम आक्रमणमा परि घाइते हुनु भएका ब्यक्तिहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । नुवाकोट ककनी लगायत देशका कतिपय स्थानमा उम्मेदवारहरुमाथी भईरहेको सांघातिक आक्रमणका घटनाहरुमा संग्लन्न अपराधीहरुलाई तत्काल खोजी गरि कडा भन्दा कडा करवाही गर्न, उम्मेदवार राजनीतिक दलका नेता कार्यकर्ता, मतदाता एवं आम जनताको सुरक्षाको भरपर्दाे ब्यवस्था मिलाउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं । 

नुवाकोट जिल्लाको १ नम्वर निर्वाच्न क्षेत्रमा वामगठवन्धनको पक्षमा उर्लेको जनलहर र विजयको सुनिश्चिततावाट अत्तालिएर ककनीमा भएको घटनालाई हामी सँग जोडि विपक्षी नेपाली काग्रेसका उम्मेदवारले गरिरहेको प्रचारप्रति आपत्ति ब्यक्त गर्दछौं । ककनी घटनालगत्तै नेकाका उम्मेदवारको नेतृत्वमा हाम्रा विरुद्ध उत्तेजनात्मक नारावाजी गर्ने, हाम्रो कार्यालयतथा कार्यक्र्तामाथी आक्रमण गर्ने, रोकी राखेको सवारीसाधन तोडफोड गर्ने जस्ता ध्वंसांत्मक हर्कत तत्काल वन्द गरि शान्तिपूर्ण प्रतिस्पर्धामा आएर निर्वाचनवाट आउने परिणाम स्वीकार्न तयार हुन नेकका उम्मेदवारहरुलाई आग्रह गर्दछौं । यसप्रकारका उत्तेजनात्मक गतिविधि जारी राखेमा त्यसको  प्रतिवाद गर्न वाध्य हुने कुराको जानकारी गराउँदछौं । अन्यथा यसवाट उत्पन्न हुने परिणामको जिम्मेवार नेका कै उम्मेदवार हुने कुराको चेतावनी दिन चाहान्छौं । अन्त्यमा विपक्षी दल र उम्मेदवारको भ्रामक प्रचार र उत्तेजनात्मक गतिविधिवाट कति पनि विचलित र उत्तेजित नभई बाम गठवन्धनका उम्मेदवारहरुलाई अध्याधिक मतले विजय गराउन आ आफनो स्थानवाट भूमिका निर्वाह गर्न वाम गठवन्धनका नेता तथा कार्यकर्ता समर्थक् शुभ चिन्तक लगायत आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं । 

हितवहादुर तामाङ
वामगठवन्धनका उम्मेदवार प्रतिनिधीसभा क्षेत्र नम्वर १

बद्री मैनाली
वाम गठवन्धनका उम्मेद्दवार निर्वाच्न क्षेत्र नम्वर १, प्रदेश सभा ख नुवाकोट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप