मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुन्दासद्वारा राजासमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

शनिबार, ०२ मङ्सिर २०७४, १० : ००
शनिबार, ०२ मङ्सिर २०७४

काठमाडौं - बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले त्यहाँका राजा हमाद बिन इसा अल खलिफासमक्ष गत बुधबार आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

अल सखिर दरबारमा भएको विशेष समारोहमा राजदूत सुन्दासले ओहदाको प्रमाणपत्र पेश गरेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ । 

सो अवसरमा राजदूत सुन्दासले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट बहराइनी राजा तथा जनतालाई पठाइएको शुभकामना अवगत गराए । 

ओहदाको प्रमाणपत्र ग्रहण गर्दै बहराइनी राजा खलिफाले नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीको व्यक्तिगत सुस्वास्थ्य तथा खुशीको कामना गर्दै नेपाली जनताको निरन्तर शान्ति तथा समृद्धिको कामना गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप