चेपाङका लागि खानेपानी: स्वास्थ्य शिविर र सामुदायिक भोजन पनि
शनिबार, ०२ मङ्सिर २०७४, ०९ : ३९
धादिङ - अन्य गाउँमा चुनावको रन्को चलेको र उम्मेदवार मात्र होइन मतदातासमेत निर्वाचनमा प्रचारप्रसारका लागि लागेका बेला दक्षिणी धादिङको गजुरी–६ स्यामैडाँडाका चेपाङ भने वर्षौंदेखि खानेपानी समस्याको सपना पूरा गर्न योजना शुरु गरेका छन् ।
सत्य साई सेवा सङ्गठन नेपालले सामुदायिक खानेपानी योजना शुरु गरेको हो । सो योजनाको शिलान्यास रेड्डी र श्रीमती हाइमा रेड्डीले गरे।
एकसट्ठी घर चेपाङ बस्तीमा खानेपानी समस्या छ । गाउँका बारेमा समाचार आएपछि सोही आधारमा खानेपानी योजनाका लागि सहयोग गरिएको संगठन नेपालका अध्यक्ष अमरबहादुर कार्कीले जानकारी दिए ।
सो अवसरमा चेपाङ समुदायमा निःशुल्क स्वास्थ्य शिविर र नारायण सेवा (सामुदायिक भोजन) आयोजना गरिएको थियो ।
शिविरमा बालरोग, स्त्रीरोग, दन्तरोग आँखा, साधारण जाँचमा विशेषज्ञ डाक्टरबाट परामर्श सेवा उपलब्ध थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीत रेकर्डसँगै ‘आम नागरिक’ निर्माण सुरु
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री