शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वरगाछी–रोडशेष सडक कालोपत्र हुने

शनिबार, ०२ मङ्सिर २०७४, ०९ : १६
शनिबार, ०२ मङ्सिर २०७४

विराटनगर - विराटनगर महानगरपालिकाको बरगाछीदेखि रोडशेष चोकसम्मको तीन किमी धुलाम्मे सडक कालोपत्र भई समस्या समाधान हुने भएको छ । 

महानगरपालिका र व्यापारिक मार्ग विस्तार आयोजना (छ लेन) को प्रतिनिधिको टोलीबीच शुक्रबार सडक समस्या चाँडै समाधान गर्ने सहमति भएको छ । 

अहिले तत्कालका लागि बरगाछीदेखि रोडशेष चोकसम्म तीन किमी र नौ मी चौडा सडकमा द्रुत गतिमा कालोपत्र गर्ने सहमति भएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए । 

उक्त सडक कालोपत्र भएसँगै महानगरवासीलाई आवतजावत तथा सवारी सञ्चालनमा केही हदसम्म सहज हुने अनुमान गरिएको छ । 

लामो समयदेखि समस्या समाधान नभएपछि महानगरले खाल्टाखुल्टी पुर्ने र सडकमा वारुणयन्त्रद्वारा पानी हालेर धुलो नियन्त्रण गर्ने काम गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप