बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुसीकोटमा शर्माको सम्बोधन: रुकुमको समृद्धिका लागि ५ वर्षे मार्गचित्र

शनिबार, ०२ मङ्सिर २०७४, ०८ : ५५
शनिबार, ०२ मङ्सिर २०७४

मुसीकोट - वामगठवन्धन पश्चिम रुकुमका प्रतिनिधिसभाका उम्मेद्धार जनार्दन शर्माले वहुदलीय व्यवस्था राजतन्त्र समक्ष सुम्पनेहरुले वामएकतालाई अधिनायकवादको संज्ञा दिएको बताएका छन् ।

आफुहरु अधिनायकवाद विरुद्धको लडाई लडेर आएको चर्चा गर्दै शर्माले आगामी निर्वाचनबाट दुईतिहाई बहुमत पुष्टि गर्ने दाबी पनि गरे ।

मुसीकोटमा चुनावी सभालाई सम्वोधन गर्दै शर्माले भने,
-वामएकताको पक्षमा देशैभर जनलहर श्रृजना भएको छ ।

-राजनीतिक स्थायित्व कायम गर्न सकिएमा १० वर्षभित्र मुलुकको समृद्धिमा कायापलट ल्याउन सकिन्छ ।

-रुकुमको समृद्धिका लागि मैले ५ वर्षे मार्गचित्र कोरेको छु र कार्यान्वयन गर्नेछु ।

-प्राविधिक तालिम, जलविद्युतमा शेयर वितरण, कृषिजन्य उद्योगको विकास जस्ता कार्यक्रम संचालन गरेर वेरोजगारीको समस्या हल गर्न सकिन्छ ।

साथै उनले मुसीकोट वजार १ वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने, मुसीकोट, चौरजहारी र आठविसकोटलाई आधुनिक सहरको रुपमा विकास गर्ने पनि प्रतिवद्धता पनि व्यक्त गरे ।  आफना प्रतिस्पर्धीलाई संकेत गर्दै नेता शर्माले राजनैतिक एजेण्डा नै नभएको कारण विरोधीले मतदाता रिझाउन भ्रमको सहारा लिइरहेको आरोेप लगाए ।  


चुनावी सभालाई एकता संयोजन समितिका प्रमुख नेता राजकुमार शर्मा, नेता शेरवहादुर केसी, प्रत्यक्ष तर्फका क्षेत्र नं. १ उम्मेद्धार रातो कामी, प्रदेश सभाकी समानुपातिक उम्मेद्धार विमला केसी र देवि ओलीले पनि सम्वोधन गरेका थिए । 

मुसीकोटमा सम्पन्न चुनावीसभासँगै वामगठवन्धनको पश्चिम रुकुमका स्थानिय तह स्तरीय चुनावी सभाका कार्यक्रम सकिएको जनाइएको छ । 

गठवन्धनको प्रचार टोली अव मतदाताको घर घरमा पुगेर घरदैलो तथा मतदाता शिक्षा कार्यक्रममा लाग्ने संयुक्त निर्वाचन परिचालन समितिका संयोजक राजकुमार शर्माले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप