बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१० किलो सुर्तीले प्रहरीबीच कुटाकुट

शनिबार, ०२ मङ्सिर २०७४, ०७ : ५७
शनिबार, ०२ मङ्सिर २०७४

पर्सा प्रहरीको टाइगर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच कुटाकुट भएको छ ।

एक व्यपारीले १० किलो खैनी लिएर बारा र पर्साको सीमाना सिंगहा नदीको पुलमा पुग्दा सशस्त्र प्रहरीका जवानले आफूले सो सामान समातेको र पर्सा प्रहरीको ना १ प २०७५ नम्बरको मोटरसाइकलमा सवार टाइगर टोलीका प्रहरीले पनिसोही दाबी गरेपछि विवाद बढ्दै गएर कुटाकुटसमेत भएको थियो ।

सादा पोसाकमा एक्लै रहेका सशस्त्र प्रहरी जवानलाई टाइगर टोलीले कुटसपट गरेको प्रतक्ष्यदर्शीले बताएका छन् । 

आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप