बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जग्गा कित्ताकाटमा मन्त्री दहितको शंकास्पद निर्णय: निर्णय उल्ट्याउँदै अनुमति

शनिबार, ०२ मङ्सिर २०७४, ०७ : ३०
शनिबार, ०२ मङ्सिर २०७४

भूमिसुधारमन्त्री गोपाल दहितले जग्गाको खण्डीकरण रोक्ने यसअघिको आफ्नै निर्णय उल्ट्याउँदै केही जग्गा व्यवसायीलाई मात्र कित्ताकाट गर्न दिने निर्णय गरेका छन् । गत २७ कात्तिकमा उनले कसैलाई जानकारी नै नदिई भूमिसुधार सचिव शम्भु कोइरालाको सहयोगमा जग्गा कित्ताकाटको निर्णय गरेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

गत २६ साउनमा भूमिसुधार मन्त्रालयले देशभरका कृषियोग्य जमिनको कित्ताकाट गर्न रोक्ने निर्णय गरेको थियो । मन्त्री दहितले कृषियोग्य जमिनमा अस्वाभाविक रूपमा भइरहेको जग्गा प्लानिङ रोक्न त्यस्तो निर्णय गरेको बताएका थिए ।

निर्णय कार्यान्वयन गर्न दबाब
भूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा र मन्त्रालयका अन्य सहसचिव नयाँ निर्णयबारे अनभिज्ञ छन् । मन्त्री दहित र सचिव कोइरालाले निर्णय तत्काल कार्यान्वयन गर्न भूमिसुधार व्यवस्था विभागलाई लगातार दबाब दिइरहेका छन् । सचिव कोइरालाले मन्त्रीको विशेष चासो रहेको भन्दै सो निर्णय जतिसक्दो चाँडो कार्यान्वयनमा लैजान दबाब दिएको स्रोतले जनाएको छ ।

‘मन्त्रीको चासो नभएको भए आफैँ त्यस्तो निर्णय गरेका मन्त्रीले सर्वोच्चको निर्णय नआउँदासम्म कुर्नुपर्छ भनेर रोक्न सक्थे । तर, मन्त्री आफैँ उत्साहित भएर गुपचुप निर्णय गर्नु र निर्णय कार्यान्वयनमा विशेष चासो दिनुले गम्भीर शंका जन्माएको छ,’ मन्त्रालय स्रोतले भन्यो । जग्गा कारोबार गर्ने संघसंस्थाको प्रभावमा परेर मन्त्री दहितले गलत निर्णय गरेको आरोप कर्मचारीहरूले लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप