बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विस्फोटपछि कांग्रेस नेता महतको यस्तो आयो प्रतिक्रिया

शनिबार, ०२ मङ्सिर २०७४, ०६ : ५३
शनिबार, ०२ मङ्सिर २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरण निर्वाचन हुन नौ दिन बाँकी छँदा शुक्रबार नुवाकोट तथा रोल्पामा गराइएका ठूला विस्फोटका घटनाले चुनाव सुरक्षाप्रति चिन्ता थपिदिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

नुवाकोटमा पूर्वमन्त्री तथा कांग्रेस नेता डा.रामशरण महतलाई लक्ष्य गरी एम्बुस विस्फोट गराइएको छ भने रोल्पामा निवर्तमान सभामुख ओनसरी घर्ती, बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्ष्य गरी बम फालिएको छ ।

डा. महतले एम्बुस प्रहार र विस्फोटको घटना हत्या-हिंसामा विश्वास राख्नेहरूले गराएको बताएका छन् । उनले आफ्नो हत्या गर्ने मनसायले शक्तिशाली विस्फोट गराइएको प्रतिक्रिया दिँदै भने, ‘यो गम्भीर घटना हो, यसको तुरुन्तै छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप