शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवारमाथि आक्रमण शृङ्खला बढ्दो

शनिबार, ०२ मङ्सिर २०७४, ०६ : ३९
शनिबार, ०२ मङ्सिर २०७४

रुकुमबाट नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मामाथि गत कात्तिक २४ गते आक्रमण भयो । आजको गोरखापत्रमा खबर छ ।

माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको आधार क्षेत्र रुकुममा पूर्वलडाकुमाथि भएको आक्रमणलाई विगतमा माओवादी छाडेका सहयोद्धासँग जोडियो ।  धेरैको अनुमान थियो, शर्मामाथि माओवादीबाट अलग भएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आक्रमण ग¥यो ।  

तर, घटनापछि न नेकपाले आक्रमणको जिम्मा लियो न त राज्य संयन्त्रले नै घटनाका दोषी पहिचान गर्न सक्यो ।  निर्वाचन आयोगले उम्मेदवार र मतदाताको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण पनि गरायो ।  सुरक्षा प्रमुख र गृह मन्त्रालयको समेत कार्यभार समाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारको सुरक्षा गर्न सरकार सक्षम र प्रतिबद्ध रहेको बताउनुभयो ।  

तर, क्रमशः उम्मेदवारमाथि आक्रमणका घटना रोकिएका छैनन् ।  साताभित्र  नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) अर्थात् वाम र नेपाली काँग्रेस अर्थात् लोकतान्त्रिक गठबन्धनका गरी १० जनाभन्दा बढी उम्मेदवारमाथि आक्रमण भइसकेको छ ।  पश्चिम रुकुमबाट सुरु भएको आक्रमणको शृङ्खला पूर्वमा भोजपुरदेखि राजधानीसँगै जोडिएको नुवाकोटसम्म जोडिएको छ ।  

शुक्रबार बिहान नुवाकोटको ककनीमा काँग्रेस उम्मेदवार डा. रामशरण महतको गाडी लक्षित गरी बम विस्फोट गराइयो ।  घटनामा उम्मेदवार महत सुरक्षित रहनुभए पनि अन्य पाँच जना घाइते हुनुभयो ।  शुक्रबार नै निवर्तमान सभामुख ओनसरी घर्ती तथा माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुनमाथि रोल्पामा आक्रमण भयो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप