शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, ०२ मङ्सिर २०७४, ०६ : २८
शनिबार, ०२ मङ्सिर २०७४

आजको राशिफल

वि।सं। २०७४ साल मंसिर २ गते। शनिबार। इश्वी सन् २०१७ नोभेम्बर १८ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– औंसी, १६:१३ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– विशाखा, १९:२५ बजेउप्रान्त अनुराधा। योग– शोभन, २२:०८ बजेउप्रान्त अतिगण्ड। करण– नाग, १६:१३ बजेदेखि किंस्तुघ्न, २९:०० बजेउप्रान्त वव। आनन्दादिमा शुभ योग। 

चन्द्रराशि– तुला, १२:५६ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:२८ बजे, सूर्यास्त– १७:०९ बजे र दिनमान २६ घडी ४२ पला। दर्शश्राद्ध। निशि र हलो बार्ने औंसी। स्नानदान गर्ने औंसी।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनि गर्न सकिने तथा भनेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्ने तथा सफलताको सिडि चड्न सकिनेछ । राजनिति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । साझपखको समय मध्ययम रहेकोले समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड तिर्नुपर्ने हुँन सक्छ सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुँन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सत्रुलाई किनारा लगाउदै न्यायिक निर्णयहरु तपाईकै पक्षमा पार्न सकिनेछ । व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे नाफा कमाउँन सकिने तथा थप लगानि गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । सवारि साधन तथा भौतिक सम्पति हात लागि हुँनेछ भने बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकषित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाई बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले बाध्यता बस टाडा हुँनु पर्नेछ । आफन्त तथा सन्तानले तपाईको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा सामान्यम मनमुटाव सिर्जना हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको काम समयमा गर्न  नसक्दा आलोचनाको शिकार हुँनुपर्नेछ । कषि तथा सहकारि व्यावसायमा लागनि बढाई मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा समय दिन नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । व्यापार तथा उद्योगमा लगानि गरि रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ । पढाईमा मन जानेछ तथा लेखन कलाको बिकाश हुँनेछ । साझपख आमा तथा आफन्तसँग टाडिएर देश परदेशको यात्रा गर्नुपदा मन खिन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुँनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । मध्यान्हबाट समय राम्रो रहेकोले पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । शाहसिलो काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयले साथ दिने हुँनाले थोरै लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाईने हुँनाले जस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज बाताबरण बनेर जानेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ । साझपख खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राज्यबाट दण्ड तथा जरिवाना हुँन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुँनेछ । अनाबस्यक ठाउँमा बल प्रयोग हुँनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परेको भान हुँनेछ । मध्यान्हबाट समय उत्तम रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुँने व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिद्यामा सोचेअनुरुपनै प्रगति हुँनेछ । परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुँनेछन् । सवारि साधन प्राप्त हुँने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुँनेछ । माया प्रेममा बिश्वासको बाताबरण झन कसिलो भएर जानेछ । साझपख लामो दुरिको यात्रा हुने भएपनि अन्य क्षेत्र मध्ययह रहनेछ । मौसमको ख्याल गर्नुहोला स्वास्यमा समस्या आई उपाचार खर्च बढ्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सांगितिक माहोलमा दिन दित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुँनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाई लेखाईमा भनजस्तो सफलता हुँने हुँदा मन प्रशन्न रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानि गरेपनि भनेजस्तो आम्दानि नहुँदा मन दुखि हुँनेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथि सँग सामान्य मनमुटाव सिर्जना हुँनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भएपनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले राजनिति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउँन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुँनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुँने अधिक सम्भावना रहेको छ । धर्म कर्ममा मन जानेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा ढिला शुस्तिको चपेटामा परिनेछ 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट :  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप