बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा मन्त्री विक्रम पाण्डेले दिए विकासको यस्तो मोडल

शनिबार, ०२ मङ्सिर २०७४, ०६ : २६
शनिबार, ०२ मङ्सिर २०७४

चितवन – वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले निर्वाचनपछि जिल्लामा विकासको लहर ल्याउने बताए । चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका मन्त्री पाण्डेले जनताले विकासप्रेमी उम्मेदवार छान्नुपर्ने बताए । 


आज पश्चिम चितवनको गोलाघाटबाट घरदैलो अभियान शुरु गरेका उनले त्यहाँ आयोजित चुनावीसभालाई सम्बोधन गर्दै चितवनका जनताका समस्या आफूले बुझेको भन्दै प्राथमिकता दिँदै विकासलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । 

भूमिहीनलाई पूर्जा वितरणका लागि यसअघि नै आफूले प्रक्रिया शुरु गरेको भन्दै उनले निर्वाचित भएलगत्तै त्यो कामलाई पूर्णता दिने बताए । गोलाघाट क्षेत्रलाई नेपालकै सुन्दर पर्यटकीय क्षेत्र बनाउन लागिपर्ने योजना उनले सुनाए । पोखराको लेकसाइड जस्तो नै पर्यटकको केन्द्रबिन्दु गोलाघाट हुने पाण्डेको भनाइ थियो । पर्यटक आवागमन बढाएर युवालाई स्वदेशमै स्वरोजगारको वातावरण मिलाउने योजना कार्यान्वयनमा ल्याइने उनले बताए ।

पूर्वअर्थमन्त्री पाण्डेको आर्थिक विकासको मोडेल 

पूर्वअर्थमन्त्री एवं चितवन क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको मोडेल प्रस्तुत गरे ।पूर्वी चितवनको भण्डारास्थित आफ्नै निवासमा आज पत्रकारसँग कुराकानी गर्दै पाण्डेले नेपालको अबको आर्थिक बाटो कस्तो हुन्छ र कसरी देशको विकास गर्न सकिन्छ भन्नेबारेमा विस्तृत योजना प्रस्तुत गरेको हो । 


एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका पाण्डेले प्रस्तुत गरेको मोडेलमा जमिनको उपयोग, शहर निर्माण, सडक तथा यातायात पूर्वाधार विकास, शिक्षा, खोज, अनुसन्धान र उद्यमशीलता, पर्यटन, जलविद्युत्, उद्योग क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भन्ने रहेको छ । 

उनले काठमाडौँ–निजगढ द्रुतमार्ग र रेल्वे, काठमाडौँ–रेसुवागढी सडक र रेल्वे, मध्यपहाडी सडक, तराई हुलाकी सडक, कोशी करिडोर, मुस्ताङ–कालीगण्डकी करिडोर सडकलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप