बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोल्पामा ओनसरी  घर्तीलाई लक्षित गरी बम प्रहार

शुक्रबार, ०१ मङ्सिर २०७४, २१ : ४०
शुक्रबार, ०१ मङ्सिर २०७४

रोल्पा – रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गइरहेका (माओवादी केन्द्र)का नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्तीलाई लक्षित गरी रोल्पा नगरपालिका– ३ भदैरे मन्दिर नजिकैको जंगलमा आज शुक्रबार बम प्रहार भएको छ । 

दाङबाट रोल्पाको सदरमुकाम लिवाङमा हुने वाम गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बम प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । 

बम प्रहारबाट मानवीय क्षति भने भएको छैन । घटनास्थल नेपाली सेनाको व्यारेकबाट करिब तीन किमी टाढा छ । पुनसहितको चुनावको अभियानमा लक्षित गरी आक्रमण गरिएको यो तेस्रोपटक हो । गाडीलाई लक्षित गरी फालेको बम सडकमा विष्फोट भएको थियो भने नपड्किएको अर्को एउटा बम भेटिएको प्रहरी जनाएको छ । 

घटनाको भने कसैले जिम्मा लिएको छैन । घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । सिँचाइ राज्यमन्त्री एवं नेपाली काँग्रेस रोल्पाका प्रतिनिधिसभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी बिहीबार सुतली बम विष्फोट गराइएको थियो । 

प्रदेशसभाका उम्मेदवार माओवादी केन्द्रमा प्रवेश 

प्रदेशसभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट उम्मेदवार रहेका वीरसिंह ठकुरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । वाम गठबन्धनले आज रोल्पाको लिवाङमा आयोजना गरेको चुनावीसभामा सिंह राप्रपा प्रजातान्त्रिक परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

राप्रपा प्रजातान्त्रिकको केन्द्रीय सदस्य तथा राप्ती अञ्चल प्रमुखसमेत रहेका सिंहले प्रदेशसभाको उम्मेदवारीसमेत त्यागेर वाम गठबन्धनलाई सहयोग गर्ने बताए ।नेता सिंहलाई उपप्रधानमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थमन्त्री वर्षमान पुन, नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल घर्तीलगायतले अबिर लगाई पार्टी प्रवेश गराए ।

पशुपति शमशेर जवरा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबाट प्रदेशसभा (क) बाट उम्मेदवारी दिएको थियो । सो पार्टीबाट प्रतिनिधिसभामा तीलबहादुर ओली र प्रदेशसभा (ख) मा हरिकला ब बुढाथोकीको उम्मेदवारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप