शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कञ्चनजंगा स्पाईस गार्डेन टुरिजम ट्रेल’ शुरु

शुक्रबार, ०१ मङ्सिर २०७४, २१ : २७
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौँ – ताप्लेजुङको फुङलिङमा हालै शुरु गरिएको ‘कञ्चनजंगा स्पाइस गार्डेन टुरिजम ट्रेल’ र मोबाइल ‘एप’ को आज औपचारिक शुभारम्भ गरिएको छ । चर्चित हिमाल कञ्चनजंगा र पवित्र तीर्थस्थल पाथीभरा जाने पर्यटकको बसाई अवधि लम्ब्याउने उद्देश्यले अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को सहकार्यमा उक्त पदमार्ग सञ्चालनमा ल्याइएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सो पदमार्गको बाटो नक्सा ‘रुट म्याप’ र प्रवद्र्धनात्मक पोस्टर सार्वजनिक गरे ।  यसअघि ताप्लेजुङमा सरोकारवाला निकाय तथा स्थानीयबीच अन्तरक्रिया कार्यक्रममा अलैँची पदमार्गको घोषणा गरिएको थियो । नेपाल पर्यटन बोर्डलगायत संस्थाको प्रवद्र्धनात्मक सहयोग रहेको छ । 

सो अवसरमा सचिव न्यौपानेले मुलुकको पर्यटन प्रवद्र्धनका लागि विद्युतीय प्रचार ‘डिजिटल मार्केटिङ’ लाई तीव्रता दिनुपर्ने विचार व्यक्त गरे । उनले आधुनिक सूचना प्रविधिको उच्चतम प्रयोग गरी नेपाली पर्यटनलाई अन्तरराष्ट्रिय जगत्मा बजारीकरण गर्नसकेको खण्डमा विदेशी पर्यटकको संख्या वृद्धि हुने बताए ।  

टानका महासचिव कर्णबहादुर लामाले कृषि उत्पादनलाई पर्यटनसँग जोडी स्थानीयलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले पदमार्ग सञ्चालमा ल्याइएको उल्लेख गरे। इसिमोडका पर्यटन अधिकृत डा अनुकुमारी लामाले दिगो पर्वतीय पर्यटनको विकाससँगै स्थानीय कृषकलाई लाभ पुर्याउने उद्देश्यले संस्थाले हिमाली क्षेत्रका कार्यक्रमअन्तर्गत पदमार्ग परियोजना शुरु गरिएको बताए । 

फुङ्लिङ नजिकको फुरुम्बु र सिकैचामा फैलिएको अलैँचीखती वरिपरिलाई केन्द्रपारि–करिब ३५ किमी दूरीको पदमार्ग बनाइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप