शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री कार्कीको उद्घोषः ‘बाँकी राजनीतिक जीवन सुनसरीमै विताउँछु’

शुक्रबार, ०१ मङ्सिर २०७४, २० : ५१
शुक्रबार, ०१ मङ्सिर २०७४

इनरुवा – अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बाँकी रहेको आफ्नो राजनीतिक जीवन सुनसरीमा बिताउने प्रतिबद्धता गरे । सुनसरी सदरमुकाम इनरुवा– ४ मा आज आयोजित बृहत् अगुवा कार्यकर्ता भेला कार्यक्रममा अर्थमन्त्री कार्कीले सो कुरा बताएका छन् । 
 

उनले आफू टाढाको नभई भोजपुरको भएको बताउनुहुँदै भोजपुर र सुनसरीको सम्बन्ध नङ र मासुको जस्तो छ भने । नेपाली काँग्रेसकातर्फबाट सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका अर्थमन्त्री कार्कीले अब यहाँको विकास निर्माणको काम पूरा गर्ने जिम्मा आफ्नो भएको दाबी गरे ।  

मन्त्री कार्कीले यहाँ रहेको शिक्षा, स्वास्थ्य, सडक, बिजुली, खानेपानीलगायतका समस्याको समाधान गर्नका लागि आफू चुनावी मैदानमा आएको बताए । 

सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौँ नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई अर्थमन्त्री कार्कीले फूलमाला अबिर लगाएर पार्टीमा स्वागत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप