शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनालग प्रणाली बन्द भए/ नभएकोबारे अनुगमन

शुक्रबार, ०१ मङ्सिर २०७४, १८ : ३८
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौँ – सरकारले एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारण डिजिटल प्रणालीमा रूपान्तरण भए/ नभएको बारे अनुगमन गरेको छ । 

सरकारले राष्ट्रिय प्रसारण नियमावली, २०५२ (आठौँ संशोधन) को नियम ४ बमोजिम महानगरपालिका क्षेत्रमा गत वैशाख १५ गतेसम्म र उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा यही कात्तिक १५ गतेसम्म एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रूपान्तरण गरी सफा, स्पष्ट, गुणस्तरीय प्रसारण गर्न सम्बन्धित सबै संस्थालाई अनुरोध गरेको थियो । 

सोहीअनुरुप सूचना तथा सञ्चार मन्त्रालय, नीति, योजना अनुगमन तथा मूल्यांकन शाखा प्रमुख तथा उपसचिव रुद्रादेवी शर्माको नेतृत्वको टोलीले बिहीबारदेखि अनुगमन शुरु गरेको हो ।

 ‘हरेक गतिविधि प्रविधिमैत्री बनाउने सन्दर्भमा यो नेपालको आन्तरिक आवश्यकता पनि हो, सन् २०१७ सम्ममा सबै केबललाई डिजिटलाइजेशन गर्ने सरकारको निर्णयअनुरुप चरणबद्ध रूपमा एनालग प्रणालीलाई हटाउँदै लगिएको हो’, उपसचिव शर्माले भने । 

उनका अनुसार करिब ८५२ टिभी एनालग प्रणालीमा छन् । त्यसैगरी करिब २५ प्रतिशत डिजिटलाइजेशन भइसकेका छन् । आगामी २०७५ वैशाखसम्म सबै गाउँपालिकामा अनुगमन गरिने छ । एनालग प्रणालीबाट डिजिटलाइजेशन गरिएकामा सेवा प्रदायकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया आएको मन्त्रालयले जनाएको छ । अनुगमन टोलीमा अम्बिकाप्रसाद शर्मा (इइ) र सरोज पौडेल (नासु) पनि छन् । 

टोलीले आज मात्रै भक्तपुर सूर्यविनायकस्थित भक्तपुर टिभी प्रालि, सिनामंगलस्थित केबल टिभी एण्ड नेट र बुद्धनगरस्थित सहयोग केबल नेट प्रालिमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सबै स्थानमा एनालग बन्द गरी डिजिटल रुपमा सञ्चालन गरिएको पाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप