सल्लीबजारदेखि तुलसीपुरसम्म बस सञ्चालन
सल्यान – सल्यानको सल्लीबजारदेखि दाङ तुलसीपुरसम्म आजदेखि बस सञ्चालनमा आएको छ । सल्लीबजारदेखि सुर्खेत बोटेचौरबाट रामपुर कालीमाटी हँुदै तुलसीपुरमा आजदेखि बस सञ्चालनमा आएको हो ।
भेरी राप्ती बस व्यवसायी समिति सल्लीबजार सल्यान र राप्ती सार्वजनिक यातायात तुलसीपुर दाङबीचमा आलोपालो गाडी सञ्चालन गर्ने सहमति भएको भेरी राप्ती समिति प्रधान कार्यालय सल्लीबजारका सचिव प्रेम पुनले बताए ।
तुलसीपुरका लागि सल्लीबजारबाट बिहान ७ बजे र सल्लीबजारका लागि तुलसीपुरबाट बिहान ८ः४५ मा बस छुट्ने भेरी राप्ती यातायात कार्यालय प्रमुख टोपबहादुरले जानकारी दिए । सल्लीबजारदेखि तुलसीपुरसम्मको भाडा रु ४ सय ५० कायम गरिएको छ ।
सल्लीबजारबाट सीधै यातायातका साधन सञ्चालनमा नहुँदा दाङ आउन सुर्खेतको छिन्चु, कोहलपुर हुँदै दाङ पुग्नुपर्ने बाध्यता थियो । बस सञ्चालनमा आएपछि सात घण्टामै स्थानीय सल्लीबजारबाट दाङ आउन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा