एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस
काठमाडौं – एभरेष्ट बैंकले ३३ प्रतिशत बोनस दिने निर्णय गरेको छ । ३३ प्रतित बोनस सेयर दिने दिने निर्णय नेपाल राष्ट्र बैंक तथा आउँदो बार्षिक साधरणसभाबाट अनुमोदनपछि लागूहुने समेत जनाएको छ ।
बैंकको बोर्ड अफ डाइरेक्टर्स आज ३० गते शुक्रबार बसेको थियो । बैंकले चुक्ता पूँजी ८ अर्व भन्दा बढि पुर्याउने लक्ष्य सहित अघि बढ्ने निर्णय गरेको जनाएको छ । बैंकको आफ्नो २३ औं स्थापना दिवसमा देशैभरीका सबै शाखाहरुमा संस्थागत सामाजिक उत्तरदायित्व दिवसको रुपमा मनाईएको थियो ।
हाल, बैंकले व्यवसायिक तथा सशक्त बैंकिङ्ग सेवा आफ्ना देशभरका ६४ वटा शाखा संजाल, २ वटा बिस्तारित काउन्टर, २८ वटा राजस्व संकलन काउन्टरहरु, ९४ वटा एटिएम तथा विश्वभरका कयौं प्रतिनिधिहरु मार्फत सेवाग्राहीलाई प्रदान गर्दै आएको छ ।
बैंकले छिटै आफ्ना १६ वटा नयाँ शाखाहरु र ५ वटा बिस्तारित काउन्टरहरु खोल्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन