शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङका मतदान अधिकृतलाई तालिम

शुक्रबार, ०१ मङ्सिर २०७४, १७ : ५९
शुक्रबार, ०१ मङ्सिर २०७४

लमजुङ–लमजुङमा मतदान अधिकृत तथा सहायक अधिकृतहरुलाई दुईदिने तालिम दिन शुरु भएको छ । 

मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्बाचनमा मतदान केन्द्रहरुमा परिचालन गरीने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागी प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो । दुईदिने प्रशिक्षणपछि कर्मचारी मतदान केन्द्रमा खटाइने छ । मतदान अधिकृतहरुले मंसिर ६ गतेसम्म तोकिएको मतदान केन्द्रमा पुगेर चुनावी तयारी गर्ने जिल्ला निर्वाचन अधिकारी तुलसी प्रसाद तिमिल्सिनाले बताए ।

जिल्लाभरीका मतदान केन्द्रहरुमा परिचालन गरीने ३ सय ४६ मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु तालिममा सहभागी छन् । 

लमजुङमा कुल १ सय ६५ ओटा मतदान केन्द्र रहेका छन । केन्द्रहरुमा एकजना मतदान अधिकृत र एकजना सहायक मतदान अधिकृत खटाइने छ । यस्तै मतदान केन्द्रमा कम्तीमा ७ जना देखि ८ जनासम्म अन्य कर्मचारी परिचालन हुने मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले जानकारी दिए । 
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा जम्मा एकहजार तिनसय तिन जना कर्मचारी खटाइएको छ । सो बाहेक मतदान केन्द्रहरुमा एक देखि ४ जनासम्म स्वयंसेवक खटाईने बताइएको छ । 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप