'बाह्रमासे’ युनिटसँग काभ्रेमा भेटिएका हाँस्य कलाकार उतम
काठमाडौँ । चलचित्र बिकाश बोर्डका सदस्य समेत रहेका चर्चित हाँस्य कलाकार उतम केसी ‘बाह्रमासे’ युनिटसँग भेटिएका छन् । उनी रियल ‘बाह्रमासे’ युनिटसँग भन्दा पनि रिल बाह्रमासे युनिटसँग भेटिएका हुन् ।
बिहिबार काभ्रेको नालामा आयोजित एक कार्यक्रममा सदस्य केसीले चलचित्र ‘बाह्रमासे’को सुभारम्भ गरे । लय संग्रौलाको निर्देशन र प्रदीप पाठकको निर्माण रहने चलचित्रको उतम केसीलाई प्रमुख अतिथी बनाउदै मुर्हत गरिएको हो ।
सुदीप कुवंरको सहनिर्देशन रहने यो चलचित्रमा जयकिसन वस्नेत, पुजना प्रधान, दिलिप रायमामी, पुरन थापा, प्रदीप पाठक, वल्छी धुर्वे, सीपी पुडासैनी, सुरविर पंडित, रोमा विष्ट, शारदा गिरी, सुनिल सैजु, मोहन वझगाई, पर्दिप तिमिलसेना, विपन कार्की, आसिस श्रर्मालगायतका कलाकारको अभिनय रहेने छ ।
चलचित्रको छायाँकन पनि बिहिबार काभ्रेबाटै सुरु गरिएको छ । कमेडी जनरामा निर्माण हुने चलचित्रमा बासु न्यौपानेको छायाँकन, किरण गहालको द्वन्द्व, कल्याण सिंहको सङ्गीत, विक्रम स्वारको नृत्य, पैसा घिमिरेको श्रृंगार रहेने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा