शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कफी दिवस— उत्पादनमा ७ प्रतिशत बृद्धि, विश्व बजारमा नेपाली कफीको माग बढ्दै

शुक्रबार, ०१ मङ्सिर २०७४, १७ : १४
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौँ । सरकारी तथा गैरसरकारी अर्थात कफी सम्बन्धमा चासो राख्ने निकायहरुले कफी दिवस भव्यताका साथ मनाएका छन् । अन्तराष्ट्रिय १३ कफी दिवसको अवसरमा नेपालको कफी उत्पादन, विस्तार तथा निर्यातको बारेमा जानकारी गराईएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाली कफी उत्पादनमा जोड दिने बताएको छ । कफी दिवसको अवसरमा बोर्डले पत्रकार सम्मेलन मार्फत कफी खेतीलाई विस्तार एवम् व्यवस्थित गर्ने बताए । 

नेपाल कफी पर्याप्त उत्पादन र निर्यातको ठूलो सम्भावना बोकेका देश हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले अहिले देश आर्थिक समृद्धितर्फ अघि बढ्नु पर्ने साझा सोचमा भएको हुदा समयमा निर्यातजन्य कृषि उपजका रुपमा विश्व बजारमा एक छुट्टै पहिचान बनाउन सफल कफीले मुलुकको आर्थिक बिकासको यात्रामा ठूलो भूमिका निर्वाह गर्न सक्ने बताए । मुलुकमा आयात हुने तथा निर्यात हुने कफीको मात्रा घट्दै गएको हुँदा स्वदेशमानै माग बढीरहेको आर्यात, निर्यात दुबैमा कमी आएको बताए ।

यस्तै नेपाली कफी भन्दै भारतीय कफी बिक्री गर्ने गुनासो आएको हुदा आयायतीत भारतीय कफीलाई सोहि नाममा बिक्री गर्न व्यवासायीहरुले बोर्डलाई आग्रह गरेका छन् । नेपाली कफी विभिन्न १० कम्पनीले नेपाली कफी ब्रान्डिङ गरेर बिक्री गर्दै आईरहेको छ । बोर्डले मंसिर १ देखि लागुहुने गरी कच्चा कफीको मूल्य गत वर्षको मूल्य लाईनै कायम गरेकोे पनि जनाएको छ ।   

बोर्डका अनुसार पार्चमेन्ट कफी ग्रेड ‘ए’ अर्गानिक प्रमाणीकरण भएको कफीको मूल्य ४ सय १५ तोकेको छ । अर्गानिक प्रमाणीकरण नभएको पार्चमेन्ट कफी ग्रेस बी को किलोको ४ सय रुपैयाँ तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा बार्षिक ८ हजार टन नेपाली कफीको माग रहेको  छ । नेपाली कफी विश्व बजारमा १० डलमार बिक्री भईरहेको छ । 

आर्थिक वर्ष २०७३—७४ मा नेपालमा ४२ जिल्लाको २ हजार ६ सय ४६ हेक्टर जमिनका कफी लगाईएको थियो । अघिल्लो वर्षका तुलनामा यो वर्ष ३२ टन कफी उत्पादनमा बृद्धि भएको छ ।   यो वर्ष ४ सय ६६ मेट्रिक टन ग्रीन बीन उत्पादन भएको थियो । यो उत्पादन गत वर्षको तुलनामा ७ प्रतिशत बढी रहेको बुझिएको छ । बोर्डका अनुसार वार्षिक ३० करोड मुल्य बराबरको कफी उत्पादन हुदै आईरहेको छ । यसमा ५० प्रतिशत निर्यात गरिन्छ भने बाकी ५० प्रतिशत नेपालमानै खपत हुने गरेको छ । 

गुल्मी, ललितपुर सिन्धुपाञ्चोक जिल्ला सबै भन्दा धेरै कफी उत्पादन गर्ने जिल्ला हुन । ३ जिल्लाबाट बार्षिक ४० टन कफी निर्यात हुदै आएको बोर्डले जनाएको छ । 
“आर्थिक समृद्धिका लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी,निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान !!” भन्ने नाराको साथ कफी दिवस मनाईएको छ ।

   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप