शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ– अध्यक्ष डा लोहनी

शुक्रबार, ०१ मङ्सिर २०७४, १६ : ५०
शुक्रबार, ०१ मङ्सिर २०७४

विराटनगर- एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रिवादी०का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताउनुभएको छ । 

सो पार्टी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो —“प्रत्येक नौ–नौ महिनामा सरकार परिवर्तनले गर्दा मुलुकमा अस्थिरता उत्पन्न हुनाले संविधान संशोधन गरी कार्यकारी निर्वाचित प्रधानमन्त्री र राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि जनताले आफ्नो पार्टीलाई संसद्मा प्रतिनिधित्व गराउने छ ।” 

अध्यक्ष डा लोहनीले जनताको चाहना विपरित लहडको भरमा नेपाललाई धर्मनिरपेक्ष बनाएको बताउँदै हिन्दू राष्ट्र भएमा मात्र विश्वमा नेपालको पहिचान हुने र मुलुकमा धार्मिक पर्यटनको विकास भई आर्थिक संमृद्धि हुने छ भन्नुभयो । 

भ्रष्टाचार मुलुकको मुख्य शत्रु भएको उल्लेख गर्दै उहाँले मुलुकको आर्थिक विकास तथा युवालाई रोजगारी उपलब्ध गराउन तराई–मधेश क्षेत्रमा विकासको पूर्वाधार खडा गरी विशेष औद्योगिक क्षेत्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

डा लोहनीले अहिलेको अवस्थामा तीन राप्रपाबीच एकता हुने कुनै सम्भावना नरहेको पनि बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप