चासोक तङनामको अवसरमा माङसेबुङ गोल्ड कप
इलाम–लिम्बु जातिको महान चार्ड चासोक तङनामको अवसरमा माङसेबुङ गोल्ड कप हुने भएको छ ।
इलामको माङसेबुङ–२ स्थित सुनुयुमा विकास संस्थाको आयोजनामा पहिलो पटक फुटबल प्रतियोगीता हुने भएको हो । माङसेबुङ गाउँपालिका–२ साविक इभाङ–४ पावा स्थित सरस्वती आधारभूत बिद्यालयको खेल मैदानमा गोल्ड कप आयोजना गर्न लागिएको सुनुयुमा विकास संस्थाका अध्यक्ष उत्तरबहादुर योङहाङले जानकारी दिए ।
प्रतियोगीताको बिजेता टीमले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र, उपबिजेता टीमले नगद २५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । त्यस्तै, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोल किपरले समेत ट्रफी पाउनेछन् । प्रतियोगीताको प्रत्येक खेलमा एक जनालाई म्यान अफ दी म्याच घोषणा गरिने समेत बताइएको छ ।
प्रतियोगीताको फाइनल खेल लिम्बु जातिको महान चार्ड चासोक तङनमको अवसरमा मंसिर १७ गते हुनेछ ।