मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हस्तकलाका सामग्री प्रवद्र्धनमा जोड

शुक्रबार, ०१ मङ्सिर २०७४, १५ : ५८
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासका लागि हस्तकलाका सामग्रीको प्रवद्र्धनमा जोड दिनुभएको छ ।

नेपाल हस्तकला महासंघद्वारा भृकुटीमण्डपमा आजदेखि शुरु भएको १५औँ संस्करणको हस्तकला मेला तथा १३आँै प्रतियोगितात्मक हस्तकला प्रतियोगिताको शुभारम्भ गर्दै उहाँले हस्ताकलाको विकासले मात्र देशको आर्थिक समृद्धि र गरिबी निवारणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रपति भण्डारीले परम्परागत हस्तकलाका ज्ञान र सीपलाई प्रवद्र्धन गरी युवा पुस्तालाई यससम्बन्धी आकर्षण गर्न आवश्यक रहेकामा जोड दिँदै नेपाली हस्तकलाका सीप र कलाले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचानलाई उजागर गरेको छ भन्नुभयो । सो अवसरमा उहाँले उत्कृष्ट हस्तकलाका निर्यातकर्तालाई प्रमाणपत्रसमेत वितरण गर्नुभएको थियो । 

‘हस्तकला समृद्धिका सम्भावना’ नाराका साथ शुरु भएको प्रदर्शनीमा २५ जिल्लामा उत्पादन भएका हस्तकलाका सामग्री करिब २०० प्रदर्शनी कक्षमा राखिएका छन् । गत आवमा करिब रु १० अर्ब बराबरको हस्तकलाका सामग्री निर्यात भएको थियो । करिब रु १५ अर्ब लगानी रहेको यस क्षेत्रले ११ लाखलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा रोजगारी दिएको छ । 

महासंघका अध्यक्ष धर्मराज शाक्यले सरकारले गरिबी न्यूनीकरणका लागि हस्तकलाको विकासमा जोड दिनुपर्छ भन्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष शेखर गोल्छाले नयाँ पुस्तालाई हस्तकलाको व्यापारमा आकर्षित गराउन आवश्यक रहेकामा जोड दिनुभयो । विसं २०४८ देखि हस्तकला महासंघले नेपाली हस्तकलाको बजार विस्तार तथा प्रवद्र्धन गर्न यस किसिमको प्रदर्शनी आयोजना गर्र्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप