बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सडकको स्तरोन्नतिले मुसहर परिवार विस्थापित

शुक्रबार, ०१ मङ्सिर २०७४, १५ : ५३
शुक्रबार, ०१ मङ्सिर २०७४

महोत्तरी - माईस्थान–गौशाला–सम्सी रोड बन्न थालेपछि गौशाला नगरपालिका–४ मल्हिनियाँ पोखरीका दर्जनौँ मुसहर परिवार बेघरबार भएका छन् । 

वर्षौंदेखि ऐलानी जग्गामा फुसको टहरा बनाएर बसोबास गर्दै आएका सातजनाको घर पूर्णरुपमा सडकमा परेपछि उनीहरु विस्थापित भएका हुन् । 

त्यस्तै, एक दर्जनभन्दा बढी मुसहरको फुसको घर आंशिकरुपमा भत्काइएको छ । सडक विभागले एकहप्ते सूचना प्रकाशन गरेपछि घर आफूहरुले नै भत्काएको रामकुमारी सदाले बताउनुभयो । 

आँगनबाट सवारीसाधन गुड्न थालेपछि असुरक्षित महसुस भएको लखियादेवी सदाले बताउनुभयो । 

एकसय पाँच फिट चौडाइको सडक बनेपछि मुसहरबस्ती नै धरापमा पर्ने सम्भावना बढेको स्थानीय बासिन्दा बताउँछन् । 

गौशाला नगरपालिकाको कार्यालयले तत्काल उनीहरुलाई राहत दिने तयारी गरेको नगरप्रमुख शिवनाथ महतोले बताउनुभयो । 

उहाँका अनुसार अहिले गौशाला नगरपालिकामा रहेको मुसहरहरुको संख्या यकिन गर्ने कार्य भइरहेको छ र चाँडै नै एकीकृत दलित बस्ती बनाउने नगरपालिकाको योजना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप