शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाका नेता काँग्रेसमा प्रवेश

शुक्रबार, ०१ मङ्सिर २०७४, १५ : ४१
शुक्रबार, ०१ मङ्सिर २०७४

ललितपुर -राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ललितपुर क्षेत्र नं– १ का अध्यक्ष प्रकाशबहादुर खत्री नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । 

काँग्रेसद्वारा बिहीबार बेलुका आयोजित नव आगन्तुकलाई पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष खत्री विधिवत् रुपमा पार्टीमा प्रवेश गरेको बताइएको छ । खत्रीसमेत ४० जना राप्रपाका नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नुभएको सो क्षेत्रमा काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका अर्थराज्यमन्त्री उदयशम्शेर राणाले बताउनुभयो । 

त्यस्तै गोदवारी नगर कार्यसमितिका नेकपा ९एमाले० निकट युथ फोर्सका नेता सुरेश थापामगरसहित २० जना काँग्रेसमा प्रवेश गरेको उहाँले बताउनुभयो । 

सो अवसरमा अर्थराज्यमन्त्री शम्शेरले संविधानको रक्षार्थ र कार्यान्वयनका लागि मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताउँदै संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि काँग्रेसको जित आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । 
कार्यक्रममा पार्टी प्रवेश गर्नुभएका राप्रपा नेता खत्रीले लोकतन्त्रको संस्थागत विकास र समृद्धिका लागि आफू काँग्रेसमा प्रवेश गरेको बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप