शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कामपा र मानव सेवा आश्रमबीच सझौता

शुक्रबार, ०१ मङ्सिर २०७४, १५ : ३८
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौँ -काठमाडौँ महानगरपालिका र सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तनअन्तर्गत सञ्चालित मानव सेवा आश्रमबीच आज सम्झौता भएको छ । 

आज यहाँ आयोजना गरेको एक कार्यक्रमबीच प्रथम पक्षको तर्फबाट कमपाका प्रशासकीय अधिकृत अनिराम शर्मा र द्वितीय पक्ष डा गोविन्द टण्डनबीच अव्यवस्थितरुपमा सडकमा रहेका मानव व्यवस्थापन कार्यमा सहकार्य गर्नका लागि यो सम्झौता भएको हो । 

आजबाट लागू हुने सम्झौताको अवधि दुई वर्षको रहने छ । दुवै पक्षले आवश्यक ठाने पुनः सम्झौता गर्ने जनाइएको छ । 

आजकै मितिदेखि कामपाले राति ८ देखि १० बजेसम्म महानगर प्रहरी र मानव सेवा आश्रमका अभियन्तासहित हप्ताको एकपटक रात्रि सडक सेवामा जान नगरीय प्रहरी र सवारी साधनको प्रयोग गर्ने सम्झौतापत्रमा भनिएको छ । 

त्यसैगरी द्वितीय पक्षले त्रैमासिकरुपमा प्रथम पक्षलाई मानव सेवा आश्रमको अवस्थाबारे लिखितरुपमा जानकारी गराउनु पर्नेछ । 

सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले कुनै पनि उमेर समूहका मानिसले अब बेवारिसे अवस्थाको सामना गर्नु नपर्ने औँल्याउनुभयो । 

प्रशासकीय प्रमुख धनीराम शर्माले आफूहरु सधैँ मानव सेवामा समर्पित रहेको भन्दै सहकार्यमा काम गर्न पाउनु अत्यन्तै राम्रो पक्ष रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । 

डा गोविन्द टण्डनले राम्रो कामको सुरुवातसँगै आफूहरुलाई थप जिम्मेवारीबोध भएको बताउनुभयो । त्यसैगरी कामपाले आजकै मितिदेखि आश्रमलाई भाडा वापत मासिक रु एक लाख ६७ हजार २०० उपलब्ध गराउने भएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप