बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आज बाला चतुर्दशी यसरी छरियो पशुपतिमा शतविज (फोटोफिचर तथा भिडियो)

शुक्रबार, ०१ मङ्सिर २०७४, १५ : ०७
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौ– आज बाला चतुर्दर्शी । अर्थात शतवीज छर्ने दिन । 

सनातन हिन्दु धर्मावलम्बीहरुले मंसिरको कृष्ण पक्षको चतुर्दर्शीलाई विशेष रुपमा लिने गर्दछन् । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राती महादिप बाली जाग्राम बसी चतुर्दर्शीको बिहान शतवीज छर्ने चलन छ । 

महादीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ । त्यस्तै शिवालयमा शतवीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वाश गरिन्छ । आज बिहानै मृतकका आफन्तले देश भारीका शिवालयहरुमा शत वीज छरेका छन् ।

काठमाडौमा पाशुपत क्षेत्रमा पनि शतबीज छरेका छन् । 

पाशुपत क्षेत्रमा पशुपति क्षेत्र विकाश कोषले भक्तजनका लागि महादिप बाल्न र शतबीज छर्न कैलाश र मृगस्थलीमा व्यवस्था मिलाएको थियो ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप