शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : निशाको झ्यानाकुटी आजबाट हलमा

शुक्रबार, ०१ मङ्सिर २०७४, १५ : ०१
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौं – आज शुक्रबारबाट देशभर चलचित्र ‘झ्यानाकुटी’ प्रदर्शनमा आएको छ । दुई वा सो भन्दा माथी संख्याका चलचित्र जुध्ने गरेको फ्राइडे रिलिजमा यो साता ‘झ्यानाकुटी’ले एकल प्रदर्शन अवसर पाएको हो । यद्यपी ‘झ्यानाकुटी’ले देशभरका चलचित्र भवनमा भने एकल प्रदर्शनको अवसर पाएको छैन । केही साता अगाडी  प्रदर्शनमा आएका ‘छक्का पन्जा २’ले पनि अझै केही स्टेसनहरु कब्जा गरिरहेको छ भने अर्काे चलचित्र ‘जुभेनायल’ पनि आजैबाट उत्रिएको छ । केही स्टेशनमा चलचित्रको आजै च्यारेटी राखिएको छ ।
 

‘झ्यानाकुटी’ 
अभिनेत्री निशा अधिकारीले निर्माण गरेको चलचित्र हो । सौगात मल्ल र बेनिशा हमाल, सुमी मोक्तानको मुख्य भूमिका रहेको चलचित्रले पारिवारीक कथा विषयवस्तुको रुपमा उठाएको छ । सिमोस सुनुवार निर्देशित यो चलचित्र निशाले सिमोशसँगनै मिलेर बनाएकी हुन् । चलचित्रले श्रीमान् श्रीमतीमा पर्ने समस्या देखाएको निर्माता निशा अधिकारीले बताइन् । अभिनेता सौगात मल्लको पछिल्लो समय कुनै पनि चलचित्र सफल भएका छैनन् । ‘झ्यानाकुटी’ सफल हुने सौगातले दाबी गरे ।

‘जुभेनायल’ 
शवनम मुखियाको निर्देशन रहेको चलचित्र स्कुल तथा कलेजहरुका युवायुवतीलाई लक्षित गरी बनाइएको हो । ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्मित ‘जुभेनायल’ एक घण्टाको रहेको छ । चलचित्रका निर्माता माधव पौडेल हुन् । रवि गिरी, विद्या कार्की, शारदा गिरी, गीता अधिकारी, डा.घनश्याम खतिवडा, कुमार गजुरेल, सञ्जना तिमल्सिना, मोहन चाम्लिङ राई, माधव पौडेल, ओमकृष्ण भण्डारी, विष्णुप्रसाद कोइराला, सविन कटुवाल, उज्जवल पौडेल, जगदीश अधिकारी, निशा थापा, ओम खतिवडा, कवि राई, चन्द्र थापा, प्रेम कार्कीलगायतको अभिनय  चलचित्रमा छ । सन्तोष श्रेष्ठ र नितेशजंग कुँवरले संगीत छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप